तनहुँ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सजगता अपनाएर आर्थिक गतिविधिलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ। तनहुँको ऋषिङ गाउँपालिका-५ सपाङ्दीमा मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँको शनिबार शुभारम्भ गर्नुहुँदै मन्त्री गुरुङले सजगता अपनाए कोरोनाबाट बच्न सकिने भएकाले सजगता अपनाएरै आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने बताउनुभयो ।
फेरि लकडाउन गर्नुभन्दा सजगता अपनाएर कोरोनालाई परास्त गर्न सकिने मन्त्री गुरुङको भनाई थियो । “केही ठाउँमा समुदायमा कोरोना फैलिसकेको छ । आफू कसरी बचिन्छ आफैले सोच्ने हो,” उहॉले भन्नुभयो, “सरकारको तर्फबाट यसअघि नै लकडाउन गरेर महामारीबाट बच्ने प्रयत्न ग¥यौँ । लामो समय गरिएको लकडाउनले देशको अर्थतन्त्र शिथिल बनाएको छ । अर्थतन्त्र चलायमान भएन भने फेरि अर्को संकट उत्पन्न हुन्छ ।” सरकारले गरेका निर्णय र निर्देशनलाई इमान्दर भएर पालना गर्न सबै पक्षलाई उहॉले आग्रह गर्नुभयो ।
मन्त्री गुरुङले गण्डकी प्रदेशका प्रत्येक जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आईसियु कक्ष स्थापना गर्न चालु वर्षको बजेटमा रकम विनियोजन गरिएको जानकारी दिनुभयो । “सरुवा रोगको उपचारका लागी लेखनाथमा छुट्टै अस्पताल बनाउने प्रकृया अगाडी बढाएका छौँ” मन्त्री गुरुङले भन्नुभयो । कोरोनाले धारासायी बनेका उद्योग व्यवसायलाई पुनर्जीवन दिन प्रदेश सरकारले रु एक अर्बको कोष खडा गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।
कोरोनाको कारण विदेशबाट फर्किएका र यहीँ पनि रोजगारी गुमाएका युवालाई आवश्यक रोजगारी दिने र व्यवसाय सञ्चालनका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरेको मन्त्री गुरुङले बताउनुभयो ।
फरक प्रसङ्गमा मन्त्री गुरुङले जनताले तिरेको करले बजेटको आकार निर्धारण हुने भएकाले आम्दानीको केही प्रतिशत रकम राज्यलाई कर तिर्नुपर्ने बताउनुभयो । “पुँजीवादी देशका नागरिकले ६० प्रतिशतसम्म कर तिर्छन् । कर तिर्नेले नागरिकको हैसियत प्राप्त गर्छन्,” उहॉले भन्नुभयो ।
ऋषिङमा स्थापना गरिएको नुमना कृषि गाउँ साँच्चिकै नमुना बन्नुपर्नेमा उहॉले जोड दिनुभयो। प्रदेश सरकारले किसानलाई व्यावसायिक बन्न हौस्याएकाले मिहीनेत गरेर नमुना बन्नुपर्ने उहॉको भनाई थियो । आव ०७५/०७६ मा प्रदेश सरकारले शुरु गरेको यो कार्यक्रमा चालु बर्षमा प्रदेशका सबै स्थानिय तहमा लागु गरिने बताउनुभयो ।
एक सय परिवारलाई राहत वितरण
यसैबीच ऋषिङ गाउँपालिका–५ सपाङ्दी आसपासका एक सय परिवारलाई राहात वितरण गरिएको छ । टर्कीको मिसेड संस्थाको सहयोगमा कोरोना भाईरसले प्रभावित बनेका यहाँका विपन्न परिवारलाई राहतमा दैनिक उपभोग्य खाद्यन्नका सामग्री वितरण गरिएको हो ।
गैर आवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठको समन्वयमा उपलब्ध गराईएको सामग्री शनिबार मन्त्री किरण गुरुङले वितरण गर्नुभयो । यहाँका विपन्न कुमाल, दलित र मगर जातीलाई एक बोरा चामाल, दाल दुई किलो, खाने तेल दुई र सोयाबिन दुई/दुई पोका, आयोडिनयुक्त नुन, चना र चिउरा एक/एक किलो, नुहाउने र लुगा धुने साबुन दुई/दुई वटाका दरले वितरण गरिएको छ ।