भानु र बन्दीपुरमा मिटर रिडिङ र महशुल सङ्कलन स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानु र बन्दीपुरमा मिटर रिडिङ र महशुल सङ्कलन स्थगित

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७७, शनिबार

    तनहुँ : नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र अन्तर्गतको डुम्रे प्रशाखाले भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा मिटर रिडिङ र महशुल सङ्कलन कार्य स्थगित गरेको छ । कोभिड–१९ को सङ्क्रमण बढिरहेको र भानु नगरपालिकामा निषेधाज्ञा र बन्दीपुर गाउँपालिकामा लकडाउन जारी रहेकाले अर्को सूचना जारी नभएसम्मका लागि दुवै स्थानीय तहमा मिटर रिडिङ र महशुल सङ्कलन सेवा स्थगित गरिएको डुम्रे प्रशाखाका इन्चार्ज बेनी नेपालीले जानकारी दिनुभयो ।

    जिल्ला प्रशासन कार्यालय तनहुँले भानु नगरपालिकामा भदौ १ गतेदेखि १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ भने बन्दीपुर गाउँपालिकाले भदौ १६ गते शनिबारदेखि भदौ १२ गतेसम्म गाउँपालिकाभर लकडाउन गर्ने निर्णय गरेको छ । यस अवधिमा नोलाइट सेवा भने निरन्तर रहने नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा पर्ने मिटर रिडिङ रुटका ग्राहकले आफ्नो मिटर आफै हेरी कार्यालयमा फोन गरी टिपाउन सक्नेछन् । साथै विद्युत महशुल भुक्तानीका लागि अनलाइन सेवा भने नियमित रहेको नेपालीले बताउनुभयो ।