सम्पत्ति विवरण नबुझाउने १७ हजार कारवाहीमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सम्पत्ति विवरण नबुझाउने १७ हजार कारवाहीमा

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७७, शुक्रबार

    काठमाडौ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्ति पाएका नेता तथा कर्मचारीलाई जनही ५ हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ।

    कानुनको पालना नगर्ने १७ हजार १८५ जना नेता तथा कर्मचारीले जरिवाना तिर्नुपर्ने भएको हो। कानुनलाई चुनौती दिँदै सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी शिक्षक रहेका छन् ।

    साथै संघ, प्रदेश र स्थानीय तहमा मनोनीति राजनीतिक नियुक्ति पाएका व्यक्तिले सम्पत्ति विवरण नबुझाएमा गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरी थप छानबिन गरिने भएको छ।

    सम्पत्ति विवरण कसले भरे वा भरेनन् भन्ने अध्ययन मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले गरिरहेको छ।