तनहुँ : आइतबार तनहुँमा २७ जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा १८ जना, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ८ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १ जनालाई संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
सबैभन्दा धेरै व्यास नगरपालिकामा १४ जना सङ्क्रमित थपिएका छन् । शुक्लागण्डकी नगरपालिकामा ७ जना, देवघाट गाउँपालिकामा ३ जना, बन्दीपुर गाउँपालिकामा २ जना र आँबुखैरेनी गाउँपालिकामा १ जना सङ्क्रमित थपिएका हुन् ।
सम्बन्धित समाचार