चिसो मौसममा कसरी जोगिने, कसरी स्वस्थ्य रहने ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • स्वास्थ्य

    चिसो मौसममा कसरी जोगिने, कसरी स्वस्थ्य रहने ?

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०७७, बुधबार

    काठमाडौं : जाडो मौसम कतिपयलाई मनपर्ने भएपनि यसले स्वास्थ्यमा विभिन्न समस्याहरु निम्ताउँछ । बिशेषतह गर्मी मौसममा भन्दा जाडो मौसममा बालबालिका र बृद्धबृद्धालाई चिसोका कारण स्वास्थ्यमा विभिन्न समस्याहरू देखा पर्ने गर्छन्। चिसोबाट जोगिन सकियो भने धेरै रोगहरूबाट बच्न सकिन्छ।

    -पर्याप्त न्यानो कपडा लगाउनुपर्छ। टोपी, मफलर, पन्जा र मोजा लगाउन बिर्सनुहुदैन । बिशेषगरी बाहिर निस्कदा सचेत रहनुपर्छ।

    -बिहान पर्याप्त शारिरीक ब्यायाम गर्नुपर्छ। जाडोमा कम शारीरिक कसरत र बढी खाना खाइने हुनाले तौल बढ्ने सम्भावना हुन्छ। तौल नियन्त्रण गरी स्वस्थ रहनुपर्छ।

    -चिनीजन्य खाद्यपदार्थबाट जोगिनुपर्छ। पर्याप्त तातो पानी पिउन आबश्यक छ । चिसो मौसममा हामी पानी कम पिउने गर्दछौँ । जसले गर्दा अन्य स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ। र बिहान बेलुका हिडडुल गर्दा न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ ।

    -चिसोमा सरुवा रोगबाट बच्न सरसफाईमा ध्यान दिनुपर्छ। नियमित साबुन पानीले हात धुने र शरीर फुर्तिलो राख्न बेला बेलामा नुहाउनुपर्छ ।

    -चिसो पानी भन्दा मनतातो पानीले नुहाउनु राम्रो हुन्छ । यस्तै चिसोमा ओठ फुट्ने समस्याबाट बच्न लिपगार्ड लगाउनुपर्छ ।

    -जाडोमा सबैभन्दा बढी श्वासप्रश्वास सम्बन्धी समस्या देखापर्छ । यस्तो बेलामा रुघाखोकीले ज्यादा सताउने गर्छ ।

    -हाच्छिउ गर्दा नाकमुख छोपेको हात धुने, छुट्टै खालका रुमालहरू प्रयोग गर्नुपर्छ । संक्रमण भएको छ भने मास्क लगाएर हिड्न आबश्यक छ ।

    -मुटुका बिरामीहरुले जाडोमा बाधा पर्ने गरी शारीरिक काम गर्नु हुदैन। बिहान बेलुका अलि बडि जाडो हुने भएकोले बिहान बेलुका घरभित्रै बस्नुपर्छ ।

    -स्वस्थ खानपानमा ध्यान दिन आवश्यक छ । फलफुल तथा तरकारी, भिटामिन सि, जिन्कजस्ता तत्व भएको खानेकुरा पर्याप्त मात्रामा खाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ।

    -शरीर ढाक्ने तातो प्रकृतिका कपडाहरु लगाउनुपर्छ । साथै छालाको सुरक्षामा ध्यान दिन आवश्यक छ। चिसोले छालालाई सोसेरा सुख्खा बनाईदिन्छ। कम्तीमा ६ घण्टा सुत्नुपर्छ। नत्रभने शरीरले रोगले सजिलै आक्रमण गर्ने सम्भावना हुन्छ।

    -जाडोको समयमा जाडो भुल्न धुम्रपान तथा मध्यपान गर्ने प्रचलन छ । यी पक्षले कुनैपनि हालतमा शरीरलाई फाइदा नहुने भएकाले यस्ता कुलत तत्काल छोड्नु राम्रो हुन्छ। धुम्रपानले फोक्सो विगार्ने र मदिराले कलेजो लगायतका अंगलाई विगार्ने काम गर्ने भएकोले धूमपान तथा मध्यपानबाट टाढै रहनुपर्छ ।

    -जाडोका कारण झ्याल ढोका थुन्ने अनि कोठाभित्र आगो बालेर बस्ने चलन सबैतिर छ । त्यसले कार्वनमोनोअक्साइड कोठाभरी फैंलिदा भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिएजस्तो महसुस हुने, सास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुनसक्ने जोखिम पनि हुन्छ।