श्रृङ्ग माविमा खानेपानी योजना निर्माण शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    श्रृङ्ग माविमा खानेपानी योजना निर्माण शुरु

    विवि श्रेष्ठ

    २८ मंसिर २०७७, सोमबार

    तनहुँ : ऋषिङ गाउँपालिका–६ गोठादीमा रहेको श्रृङ्ग माध्यमिक विद्यालयमा खानेपानी योजना निर्माण शुरु भएको छ । विद्यालयमा सहज रुपमा खानेपानी सुविधा पु¥याउन खानेपानी योजना निर्माण शुर भएको हो ।

    योजनाका लागि जिल्ला आयोजना कार्यान्वयन इकाई तनहुँले आर्थिक सहयोग गरेको छ । इकाईको रु ८ लाख १६ हजार ९ स २२ को लागतमा योजना निर्माण शुरु भएको उपभोक्ता समितिका अध्यक्ष दानबहादुर थापाले जानकारी दिनुभयो । गत असार १५ गते सम्झौता भएको उक्त योजनाको काम आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य छ ।

    विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर थापाले योजना सम्पन्न भएपछि विद्यालयमा खानेपानीको समस्या समाधान हुने बताउनुभयो । हाल उक्त काम ५० प्रतिशत सकिएको छ । विद्यालयमा एक सय ७४ विद्यार्थी अध्ययनरत छन् ।