नेपाल सनातन वैदिक हिन्दु अधिराज्य थियो। विविधताले भरिपुर्ण यो देसमा एकतामा अनेकता र अनेकतामा एकता भएर मिलेर बसेको मुलुक थियो । बडामहाराज पृथ्वीनारायण शाहले गोर्खाराज्यबाट एकीकरण अभियान सुरुगरी सम्वत १८२५ मा नेपाल नामाकरण गरि काठमाडौं राजधानी स्थानान्तरण गरिएको हो । सम्बत १९०३ मा जंग बहादुर राणाले बिस्तारै शक्ति हातमा लिदै राजा राजेन्द्रलाइ नजरबन्द गर्न सफल भए । सम्पुर्ण शक्ति श्री ३ महाराजमा रहेको कानुन बनाइ राजा बाट सो पद लिए । प्रधानमन्त्री आजिवन हुने बनाए । जङ्ग बहादुर्को मृत्यु पछि क्रमशः भाइहरुमा र उनी हरुको रोल सकिए पछि आफ्ना छोराहरुमा क्रमशः आउने रोल बाधिदिए । अब राजाहरु नाम मात्रका भए । उनिहरुको दरबार्मा बस्ने बाहेक कुनै अधिकार भएन ।
१०४ वर्ष सम्म राणाहरुको स्वच्छाचारी ,निरङ्कुश र जहानिया शासन चल्यो । समाज राज्यलाइ कर तिर्ने र आफ्नै परम्परागत पेसा, चलन र धर्ममा अगाडि बढिरह्यो । छिमेकी राष्ट्र भारत भने बृटिस् उपनेवेशको रुपमा बेलायत बाट शाशित थिए । नेपाललाई आफ्नो बनाउने झण्डै २०० वर्ष पुरानो बृटिसको इच्चा भने अझै पूरा भएको थिएन । अंग्रेज़ले नेपाली राजाको देस प्रेम र नेतृत्व , नेपाली शेनाको रणकौशल र वफादारिता , नेपाली जनताको आफ्नो धर्म , भाषा , भेष र सस्कृती प्रति प्राण भन्दा प्यारो भक्ती देखेपछी हैरान भएर अंग्रेज़ले सन १८१६ कोसुगौली सन्धिको प्रस्ताव राखेको हामीले विर्सनु हुदैन ।
दोश्रो बिश्व युद्ध पश्चात् जब भारत स्वतन्त्र भयो तब नेपालमा पनि राजाको बैधानिक नेतृत्वमा प्रजातान्त्रिक शासन व्यवस्था , मौलिक हक , कानुनी राज्य , आर्थिक सामाजिक समानताको लागि राणा सङ माग राखेर जाने कार्य भयो । तात्कालिन राणा सरकार यति कडा थियोकी यस्ता कुरा सुन्न चाहदैनथ्यो । यस्ता माग राखिएको पर्चा छरेको निहुमा गोप्यरुपमा गठन गरेको प्रजा परिशद नामक सस्थाका सदस्यहरु गङ्गालाल श्रेष्ठ ,धर्मभक्त माथेमा , दशरथ चन्द र शुक्रराज शाष्त्री लागाएत लाइमृत्यु दण्ड ,सर्वश्वहरण , आजीवन कैद सम्वत १९९७ मा भएको थियो । यो घट्ना बाट तात्कालिन राजा त्रिभुवन पनि चिन्तित भएका थिए । विपि कोइराला त्यो व्यक्तित्व थिए जस्ले यो कठिन मोडमा ०३ सालमा गठित राष्टृय काङ्ग्रेस र ०५ सालमा गठित प्रजातन्त्र काङ्ग्रेसको ०६ सालमा एकीकरण गरि आफ्नो नेतृत्व मा राणा शाशनका विरुद्द २००७ सालमा शसस्त्र क्रान्तिको घोशणा गरे । दोश्रो विश्व युद्द जितेर फर्केका भुपु बृटिस गोर्खा शैनिकले बिपिको आह्वान अनुसार नेपाली काङ्ग्रेस लाई साथ दियो । हतियार सहित देसका विभिन्न स्थानबाट राणा कालिन सदरमुकाम हरुमा काङ्ग्रेसले आक्रमन गर्यो । धेरै सदर्मुकाम काङ्ग्रेस ले कब्जा गर्यो । यत्तिकैमा राजा त्रिभुवनले पनि राजगद्दी र दरबार त्याग गरेर सपरिवार भारतिय राजदुतावासमा शरण लिए । भोलिपल्टै राणाहरुको अनुरोधलाई अस्विकार गरि विशेष बिमान्बाट दिल्ली गए । राणा शासन समाप्त नभै नफर्कने अडान लिए ।राणाले उनी, युवराज महेन्द्र , नवयुबराज बिरेन्द्र लाई पदच्युत गर्दासमेत फिकर मानेनन । मामाघरमा रहेका माइला नाति ज्ञानेन्द्र लाई ल्याएर राणाले राजा घोषणा गरेपनी नेपाली जनता र विश्व जगतले स्विकार गरेन । सबै जनता सडकमै आए ।प्रजातन्त्र जिन्दावाद , राणाशाही मुर्दावाद , हाम्रो राजा फिर्तागर । यस्ता नारा देश भर घन्किए । जेल जान र मर्न देखि मानिस डराउन छाडे । आखिर श्री ३ महाराज मोहन शमशेरले वार्ताको प्रस्ताव ल्याए । स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवहारलाल नेहरुको सम्योजकत्वमा राजा , राणा र काङ्ग्रेसको तृपक्षिय दिल्ली सम्झौता भयो ।सबै काठमाडौ फर्के । त्रिभुवन बैधानिक राजा , राणा काङ्ग्रेस संयुक्त १० सदस्यीय मन्त्री मण्डल , विधान सभाको चुनाव गराउने ,सवै राज बन्धिको रिहाइ गर्ने हतियार सर्कार्लाइ बुझाउने आदि ।
राजनीति सजिलो बाटोमा हिड्दो रहेनछ ।एक जनाको प्रयास र चाहनाले पनि नहुने । १०४ वर्षको बन्द समाजले पाएको स्वतन्त्रता र खुशियालिको शव्दमा बर्णन गर्न पनि कठिन हुने । फेरि कति दिल्ली सम्झौता धोका हो , यो पुर्ण भएन भन्ने पनि भए । २ प्रतिशत साक्षेर भएको तात्कालिन समाजको कल्पना गरौ । विपि चुम्बकीय व्यक्तित्व भएका डाइनामिक लिडर थिए । पिताजी नै राणाबाट देस निकालाको सजाए पाएकोले भारतमै जन्म , पडाइ र राजनीति सिकेकोले कोइराला परिवारलाई राजनितिको राम्रो छाप परेको थियो ।समयमा चुनाव हुन सकेन , ११ मा त्रिभुवन को निधन र महेन्द्र राजा भए । देसका कतिपए सम्रचना तयार हुँदै गए पनि निर्वाचन हुन सकेको थिएन ।धेरै प्रधानमन्त्री बनाउने फेर्ने कार्य भए पनि बिपिले अवसर पाएका थिएनन ।किनकी बिपिको व्यक्तित्व सङ्ग राजा पनि भारत पनि आफ्ना स्वार्थमा चोट लाग्छकी भनी ससङ्कित थिए । अन्तमा ०१४ साल्मा राजाका विरुद्ध चुनाव माग गर्दै भद्र अवज्ञा आन्दोलन गरे पछि राजाले २०१५साल फल्गुण ७ गते देखि लागुहुने गरि आम चुनाव घोषणा गरे । जम्मा १०९ सीट का लागि भएको निर्वाचनमा नेपाली काङ्ग्रेसले दुई तिहाइ भन्दा बढी अर्थात् ७४ सीट जीतेको थियो । बहुदलीय प्रणालीको कहिले अनुभव र प्रयोग नगरेका राजा , नेता र जनता अन्यौल ग्रस्तनै थियो । बिपिले राम्रा योजना , कार्यक्रम , बजेट ल्याएर समाजवादी नीति ल्याउन चाहेका थिए । अत्यन्त राम्रो व्यक्तित्व भएका युवा प्रधानमन्त्री विपिको देस् भर राम्रो प्रभाव परिरहेको थियो भने प्रमुख प्रतिपक्षी गोरखा परिषद जो राणा निकट सङ्गठन हो त्यो देश भर लुटपाट र हिम्सा मच्चाउदै थियो । कम्युनिस्ट लगाएतले पनि काङ्ग्रेसलाई सहयोग गर्ने कुरो भएन । भारत र चिनका आआफ्ना स्वार्थ थिए, बिपि कोइराला कतै झुकेनन ।उनी शिद्दान्तमा राजा संग पनि झुकेनन । आफ्नै पार्टीका केही दलाल तत्व लगाएत देसि बिदेसी सबै तत्व मिलेर बिपिलाइ असक्षम साबित गराइ ०१७ साल पौष १ गते राजा महेन्द्र बाट तात्कालिन सम्विधानको धारा ५५ प्रयोग गरि शाही घोषणा मार्फत विभिन्न आरोप लगाइ सम्सदिय व्यवस्थानै अपदस्त गरि बिपि लगाएत मन्त्री मण्डल ,सभामुख कृष्ण प्रसाद भट्टराई लगाएत सबै साम्सद जेल चलान गरियो र निर्दलिय पन्चायती व्यवस्थाको घोषणा गरियो । राजाको कदम स्विकार्दै निर्दलियता मान्यलाइ जेलबाट मुक्त गरिन्थ्यो भने यो कदम ठिक भएन भन्नेलाइ जेल हालिन्थ्यो । नेपालमा यो व्यवस्था ३० बर्ष चल्यो । बिपि , सुवर्ण ,गणेशमान ,कृष्ण प्रसाद भट्टराई लगाएत सयौं नेताहरु बर्शौजेल र निर्वासनमा बस्नु पर्यो । कम्युनिस्ट बिचार र शिद्दान्तका लागि पनि नेताहरुले जेल जीवन बस्नु परेको थियो । राजा महेन्द्रबाट पनि देस र जनताको बिकास्को लागि १० वर्षको छोटो समयमा शिक्षा, स्वास्थ्य, यातायात , परराष्ट्र नीति लगायतका क्षेत्रमा ठुलो काम गरेको पाइन्छ । राजा महेन्द्रले बिपि लगाएत काङ्ग्रेसको नेताहरु , पुश्पलाल लगाएत कम्युनिस्टका नेताहरुलाइ निर्दलिय पन्चायत व्यवस्थाको समर्थन गर्न कति सम्झाए होलान , कति फकाए होलान तर जेल रोजे , निर्वासन रोजे शिद्दान्तमा सम्झौता गरेनन । पछिल्लो ८ वर्षको निर्वासन काल २०३३ साल तिर भारतले अनेक षड्यन्त्र गरेर सिक्किम खायो , उत्तरी छिमेकी रास्ट्र तिव्वत चिनले खायो ।दुबै छिमेकी राष्ट्र को आखा नेपाल प्रती राम्रो थिएन ।भारतिय प्रधानमन्त्री इन्दिरा गान्धी नेपालको शैन्य र परराष्ट्र नीति आफ्नो इसारामा चलाउन चाहन्थिन । यो कुरा उनका बाबू नेहरुले ०७ साल देखि चाहन्थे । काङ्ग्रेस र कम्युनिस्ट को सहयोग नपाएका भद्र र युवा राजा विरेन्द्रले इन्दिराको प्रस्ताव मानेभने देश सकिन्छ भन्ने बिपिलाइ थाह थियो । किनकी बिपि संगको एक भेटमा यो काम गर्नुस तपाईं लाई नेपालको आजीवन प्रधानमन्त्री बनाइदिन्छु भन्दा बिपिले अस्विकार गरेका थिए । भारतमा सड्ढटकाल लगाएकोले बिपिको ज्यानको असुरक्षा बडेको थियो ।त्यसैले बिपि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिइ राजा हामीलाई देखेर नझस्क , पन्च हामिलाइ देखेर नतर्स भन्दै ७ वटा फासिमा जान सक्ने मुद्दाको प्रवाह नगरी बिपि नेपाल फर्केका हुन ।उनी र उनिसङै आउने सवै नेतालाइ पक्रेर जेल हालियो तर नेपाल्को सर्वोच्च अदालतले सबै मुद्दा बिपिलाइ जिताइदियो ।यहि समयमा विपिले राष्ट्रियताको प्रश्नमा राजाको र मेरो घाँटी एउटै हुनेछ भनेका थिए । राजा संग मेरो मुद्दा प्रजातन्त्र को लागि मात्र हो । त्यसैले पन्चायत कालमा नेपाली काङ्ग्रेस प्रजातन्त्रको पर्यायवाची शब्द बनेको थियो । ०३६ सालको बिध्यार्थी आन्दोलन र जनमत सङ्ग्रह ले कमजोर भएको निर्दलिय व्यवस्था लाई ०४६को नेपाली काङ्रेस र बाम मोर्चाको सम्युक्त आन्दोलनको धक्काले ढाल्न पुग्यो । एस आन्दोलन अगाडिनै ०३९ साल सावन ६ गते क्यान्सर रोगले पिडित भै ०७ सालका क्रान्तिका नायक प्रथम जन निर्वाचित प्रधानमन्त्री ,नेपाली काङ्ग्रेसको जन्मदाता एवम् साहित्यकार बिपि कोइरालाको निधन काठमाडौमा भएको थियो । ०४६ को जन आन्दोलन्को नेतृत्व नेपालको जेठो पार्टी प्रजा परिषद् का सदस्य ०१ सालमा जेल तोडेर भाग्न सफल काङ्ग्रेसको सस्थापक सदस्य iron man को उपाधी प्राप्त नेता गणेशमान शिह हुनु हुन्थ्यो । ने का सभापती कृष्णप्रसाद भट्टराई , गिरिजाप्रसाद कोइराला , मन मोहन अधिकारी , मदन भण्डारी , केपी ओली आदि ।
२००७ देखि ०७८ सम्म ५० औ प्रधानमन्त्री भए । धेरैले केही नयाँ र महत्वपुर्ण काम पनि गरेका छन । तर यस लेखमा २ जना प्रमलाई बढी महत्व किन दिएको हो भने फरक पार्टी र परिवेश भए पनि केही अनौठा समानता देखिए जो यस प्रकार छन ।
१ दुवै दुई तिहाइका प्रधानमन्त्री ।
२ दुवै पार्टी सभापती एवम् सम्सदिय दलका नेता ।
३ दुवै निडर ,प्रष्ट वक्ता एवम् शिद्दान्तवादी ।
४ दुवैले प्रतिपक्षबाट मात्र हैन कि आफ्नै दल बाट पनि धोका पाएका
५ पद बाट हटेपछी पनि उत्तिकै लोकपृय ।
६ दुवैलाइ दलाल देखाउन जतिसुकै कोशिश गरेपनी राष्ट्रवादी ठहर ।
७ जतिसुकै कठिन अवस्थामा पनि आफ्नो पार्टी र कार्यकर्ता प्रती बिश्वस्त ।
८ दुवैलाइ घमण्डी र सर्वसत्तावादीको आरोप ।
९ दुवै नेता प्रम बाट हटे पछी सुर्य बहादुर थापा र शेर बहादुर देउवा र्निर्दलिय धारा बाट प्रधानमन्त्री भएका ।
१० दुवै निर्दलियताका कट्टर बिरोधि ।बिपि निर्दल मान्नु भन्दा ८ वर्ष जेल र ८ बर्स निर्वासन बसेका केपिले २ पटक सम्म सम्सद बिघटन गरेका ।
११ विपिको सर्कार अपदस्त गरे पछि बिपि र काङ्रेस बाहेक सवैले राजाको कदम ठिक भनेर खुसी मनाएका । अहिले केपिको सरकार अपदस्य गरेपछी केपि र एमाले बाहेक सबैले सर्बोच्चको निर्णय ठिक भन्दै खुसी मनाएका । यस्ता अनगिन्ती समानता छन ।इतिहासमा यी दुवै अजर अमर रहने छन । जय नेपाल !
लेखक बिपी बिचार समाज तनहुँका सचिव हुन्