अभाव र प्रभावको वीचमा अन्योन्याश्रित सम्वन्ध रहेको हुन्छ । एक अर्काको वीचमा पर्याय रहेको यी दुवै शव्दहरु विपरित धुव्रमा देखिएता पनि यसको भगनी सम्वन्ध रहेको हुन्छ । यहि अभाव र प्रभावको पेरिफेरीमा सिङ्गो विश्व परिचालित हुन्छ । फरक यति हो कि यसको स्वरुप भने अलग अलग रुपमा प्रतिविम्वित हुन्छ । अभाव र प्रभाव जीवनका साधन भएता पनि साध्य होईनन् । अभाव जीवनका वाध्यता हो भने प्रभाव यसको रौद्धता । समग्रतामा यसैको वरिपरि घुम्ने ध्येयहरु नै यसका अंशहरु हुन् । जुन हरेक सजिवताको नशा नशामा पाउन सकिन्छ ।
जीवन भित्रको अर्थमा अभाव सामान्य भएता पनि यसैमा आत्मासात गर्नेहरु अनगिन्ती पाईन्छ । अनावश्यक महत्कांक्षाको भुमरीमा फसेको अभिलासामा अभावको अंशहरु स्वत प्रस्फुटित हुन्छन्, अथवा वनाईन्छन् । वास्तविकता भन्दा वाहिर गएर चाहना राखिने आकांक्षाहरुमा अभाव स्वत परिचालित हुन्छ । स्वतः रुपमा प्रस्फुटित हुने अभाव आवश्यता भन्दा पनि वढी हुने गर्दछ ।
न्युनतम आवश्कताको परिपुर्ति व्यक्तिको चेतनामा निर्भर भएता पनि अभावले प्रभावित पार्नु भनेको कमजोर मस्तिष्कको घोतक हो । आवश्यकताका नाममा अभावलाई प्रधान वनाईनु मानव जीवनमा दुख, कष्ठ र मानसिक रुपमा अस्वस्थ वन्नु हो । यहि नचाहिदो तर ल्याईतेको वीचमा आएको यसले सिङ्गो जीवन नै कष्ठकर वनाईदिन्छ । अभावको न्युनतम मुल्य र मान्यता हरु रहदैनन न यसको विशिष्टता । आत्मिक सन्तुलनमा नै प्रभाव पार्ने यो आफैमा अमुर्तता रहेको छ । अन्देखा तर सवैमा गुणको रुपमा आसिन रहने अभाव व्यक्तिको चेतनास्तरको मापन यन्त्र हुन् । आर्थिक, भौतिक र अन्य रुपमा कमजोर रहेकाहरु यसको महत्वलाई प्रधानता देख्दछन भने चेतनाको अभिवृद्धिका घोतकहरु यसको उपलव्धता कमजोर देख्दछन् । यसरी व्यक्तिको दृष्टिकोणमा भर पर्ने अभावीय वस्तुको मुख्य विशेषता भनेको असन्तुष्टि नै हो । दुखः र कष्ट नै हो । जसले जीवनमा असोचनीय परिणामहरु सिर्जना गर्दछ ।
निश्चित अवधि र प्राप्तीमा यसको महत्व सकिने अवस्था हुदाँहुदै पनि यसको दायरा फराकिलो पार्न खोज्नु भनेको थप मानसिक पीडा दिनु हो । कोही पनि जीवनभर अभावको अखडामा वन्धक हुन सक्दैन । यद्यापी यसको अंशीयार हुने लालचामा दौडनेहरुको कमी हुदैन । जसले समग्र मानव र समाजलाई नै वन्धक वनाईदिन्छ । सजिवतामा सास रहिन्जेल नै आवश्यकताको चरण पुरा हुन सक्दैन, यहि यथार्थतामा अभाव प्रधान वनेर आईदिन्छ । अभावको प्रभाववाट अलग्गिनु समान्य विषय हुन सक्दैन । समान्य सोच र चेतनास्तरले यसको आवश्यकतावोधलाई जित्न सक्दैन । यसैमा नै लीन हुने वाध्यात्मकतामा जीवन घस्रिरहेको हुन्छ । यहि वन्धक सोचवाट उम्कन नसक्ने शिराहरु जीवनका मानसपटलमा विभिन्न माध्याम वनेर घुमिरहन्छ । जीवनको अर्थ भित्र अभावको महत्व कति ? के अभाव विना जीवनको अर्थ पुरा हुदैन ? जीवन पुर्णतामा अभावको कति सामिप्यता ? यो सवै प्रश्नको अनुत्तरित प्रश्नहरुले भौतिक प्राप्तिलाई सोच्न वाध्य वनिदिन्छ । जव भौतिकतामा जीवन फस्दै जान्छ, अभावको पर्खालहरु थप अग्लो वन्दै जान्छन् ।
अभावले मात्र जीवनमा डेरा मात्र जन्माउदैन, यसले प्रभावको विकास पनि गराउँदछ् । प्राप्ति र उपलव्धको लिस्नो उक्लदै गर्दा अझ अन्य प्राप्तिका लागी प्रभाव देखाउन थाल्दछ । असिमित आवश्यकता पुर्तिमा प्रभाव अभावको सहारा वन्दछ । त्यसका लागी गरिने हत्कण्डा थप शक्ति, आर्थिकता हासिलमा महत्व राख्दछ, यसका लागी प्रभाव अभावहीनका लागी प्रयोग हुन थाल्दछ । यसरी एक अर्काको पर्यायका रुपमा आर्कषित हुने गर्दछन् । प्रभावका लागी अभाव प्रधान वन्दछ भने फेरि अभाव प्राप्तीका लागी प्रभाव प्रधान वनाईन्छ । अभावले जीवनको अर्थ वुझन प्रयत्न खोजेता पनि प्रभावले जीवनमा अभावलाई कमजोरीको रुपमा वुझिदिन्छ ।
शक्ति, दम्भ र मुर्खता भित्र अभाव र प्रभावको वहुगुणीय भुमिका रहेको हुन्छ । सत्यतालाई समेत छोप्ने खोज्ने एकाकाररुपी गुणहरु हरेकका जीवनमा देख्न सकिन्छ । मात्रामा तलमाथी हुन सक्ला, तर यसको राग सवैमा हुन्छ । फरक त यसलाई हेर्ने दृष्टिकोणमा मात्र पाईन्छ, जसको मात्रा भने सवैमा समान हुदैन । प्राप्तीमा अभाव मुल्यवान भएता पनि प्रभाव विस्तारमा अभाव नकारात्मक ध्येयका साथ प्रस्तुत हुन्छ । यहि अभाव र प्रभावको हिसाव कितावमा मानव जीवनले डाँडा काटेको हुन्छ । सोचको अधिनस्थ हुन पर्ने विषयहरु अभाव र प्रभावमा सोच वन्धक वनिदिन्छ । जव सोच नै वन्धक वन्छ, अनि अभाव र प्रभावले जीवनलाई नै तरंगित वनाईदिन्छ ।
सोच पनि कति नतमस्तक ! अभाव र प्रभावको जंञ्जालमा रुमल्लिने । जान्ने र भोग्ने शव्दहरु सायद एकैठाँउमा नभेटिएलान् । आम रुपमा समान्य लाग्ने यो सोचको दरिद्धता पनि कति कति ? आर्थिक तथा भौतिकता भन्दा धेरै पर ! सोचको समागम मस्तिष्क र ह्दयको एकाकार हुन सके ! काश, जीवन यति गाह्रो हुने थिएन होला !