भौतिक वस्तु धर्तीका सम्पत्ति हुन, न कि मानव जातिको !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    भौतिक वस्तु धर्तीका सम्पत्ति हुन, न कि मानव जातिको !

    विवि श्रेष्ठ

    १९ मंसिर २०७८, सोमबार


    गन्तव्यको पनि आफनै गति हुँदोरहेछ । प्रकृतिको नियमनमा गन्तव्यको पाईलाहरु निरन्तरतामा अभ्यस्त हुदाँरहेछन् । गतिशिलिताको यो श्रृखलामा धर्तिमा जीवितहरु मुखतरित वन्दा रहेछन् । चाहेर अथवा नचाहेर यसमा लीन हुनु नै धर्तिको पर्याय रहेछ । यहि नै जीवनको सार रहेछ । वस्तुले चेतनाको विकास गर्दछ कि चेतनाले वस्तुको व्याख्या गर्दछ, यसको आकार फराकिलो छ । यसको परिकल्पना गर्भमा नै निहित छ । यद्यापी सृष्टिको गतिशिलताभित्र जीवनलाई अभ्यस्त गराउनुको विकल्प छैन । आवश्यकता जीवनका पाटो वन्न सक्दछ तर पर्याय वन्न सक्दैन । जल, जमिन र वायुको समिश्रणसँगै प्रकृतिको छटामा रम्नु रमाउनु नै सृष्टिको एउटा पाटो रहेछ । सृष्टिको अनेकता भित्र सजिवीय जीवन त केवल एउटा अंग मात्र रहेछ । जसको अर्थ शुन्य वरावर रहेछ ।
    यति धेरै विषमता भित्र र नियमन भित्र जव मानव जातिले आलिङ्गन गर्न सक्दैनन्, तव पाईलाहरु मोडिन र थकित वन्न जाँदारहेछ । यसमा उमेर भन्ने कुरा त प्राविधिक मात्र रहेछ । सृष्टिको नियमनमा सोचको वन्धकता रहला कि नरहला ? सृष्टिमा भौतिक तथा अभौतिक वस्तुको परिवर्तनमा समान सामिप्यता राख्ला कि नराख्ला ? देखिईने जीवन र भौतिक वस्तुमा प्राकृतिक गतिशिलताको छाँया समान रहला कि नरहला ? गति अर्थात समयको तेजस्वीता सजिव प्राणीको चेतनाले फरक पार्ला कि नपर्ला ?

    सृष्टिको नियमन सँगै चालिएका पाईलाहरु धर्तिका आकारसँगै मोडिए । ह्दय र चेतनाको समेत एकाकार हुन नसक्ने, गराउन नसक्ने परिस्थितीमा टेकिएका र सोझिएका पाईलाहरुमा वातावरणीय प्रभावले ठुलो महत्व राख्ने रहेछ । यद्यापी घमण्डको विशालतामा अव्वलता सम्झने सोचहरु वातावरणका कण कणमा मानवका रुपमा यत्र तत्र छरिएका हुदाँरहेछन् । साँच्चै समय परिवर्तनशील छ, यसको निश्चित अवधी होला, यही नै सत्यता रहेछ । यहि सत्यतालाई थोरै मात्र समेत वुझन नसक्नेहरु आफुलाई समय भन्दा पनि वलवान ठान्ने रहेछन् ।

    धर्तिमा यसैपनि भौतिक वस्तुको सम्पन्नता रहेको छ । फरक यतिमात्र हो, कि यसको स्वरुपमा भने विविधता छ । यहि भौतिक विविधता भित्र विचार र चेतनाको समागमले भौतिक वस्तुको प्रयोग आवश्यकतामा आधारित निर्माण भईदियो । यहि मानव निर्माण आवश्यकताको भौतिक सम्पतिलाई निजिकरणमा देखिएको दानवीकरणले मानवीय मुल्य र मान्यतालाई नै धुलिसात वनाईदियो । अन्ततः भौतिक सम्पती धर्तिका नै सम्पति हुन्, मात्र यसको स्वरुप र आकारमा विविधता हो भन्ने सोच समेत नहुनेहरुको रवैयाले सिङ्गो समाजलाई नै दुषित वनाईदियो ।

    सिङ्गो नजरले देख्ने भुभाग नै आफनो देख्ने सोचमा आँगन नै पर देख्ने अवस्थाले गिज्जाईदियो । यो सवै सृष्टिको निरन्तरता हो । गतिशिलताको नियमन हो । चालिएका कदमहरु मोडिनु र रोकिनु गतिशिलताको सुचक हुन् । यहि गतिशिलताको अन्दाज नहुनेहरु आज जीवनमा निरर्थक र निरशतामा वाध्यात्मक जीवनका सारथी वनेका छन् । भौतिक प्राप्तिमा जीवनका सफलता ठान्नेहरु आत्मिक असन्तुलनका शिकार वनेका छन् ।

    अभाव र प्रभाव जीवनका अंश हुन् । यहि अभाव र प्रभावका वीचमा सृष्टिको अनुपमता मिश्रित रहेको हुन्छ । प्रकृतिको यो निरन्तरतालाई वुझन नसक्नेहरु अभाव र प्रभावको पहिलो शिकार वन्दछन र जीवनमा नैराश्यकताको शिकार वन्दछन् । थोरै मात्र पनि धर्ति, सुष्टि र वातावरणको नियमनलाई वुझने चेष्टा राख्ने हो भने मानव जातिहरु मानसिक रोगी वन्नु पर्देन । जव मानव जातिमा यो तत्ववोध हुदैन, जीवनमा शान्ति कहिल्यै हुदैन । त्यसले दिने उपहार भनेको नैराश्यता नै हो, जसले सृष्टि निर्मित जीवनमा सधै तरंगित वनाउदँछ । यो सवै कारक तत्व भनेको जीवनमा भौतिक प्राप्तिको अतृप्त चाहना नै हो । जीउने क्रममा सहयात्री वनेका अस्त्रहरु त जीवनका केवल साधन मात्र हुन् । जुन साधन धर्तिका सम्पति हुन् । जसलाई मानव जातिले आफनो सोचेर जीवन नै वर्वाद गरिरहेका छन् ।

    प्राप्ति चाहनाले निर्धारण गरेको हुन्छ । चाहनाको विकास चेतनाले गर्दछ । चेतना वातावरणीय प्रभावमा घुलित हुन्छ । यहि भित्रको अन्तरंगलाई छुट्टयाउने हिम्मत भनेको पृथक विवेक र चेतना हुन् । जुन धर्तिमा रहेका भौतिक वस्तुको प्राप्तिवाट टाढा रहन्छ । यहि विचारधारा र शैली नै सृष्टि निरन्तरतका पर्याय हुन् । जसको अवगत संसारमा कमैलाई मात्र हुने गर्दछ । जसलाई यसको अवगत हुन्छ । जीवन भित्रको सुन्दरता देख्दछ । सृष्टिको विविधता भित्रको यो पाटो भित्र मानव जाति भनेको एउटा अंश हुन । सृष्टिका साधन मात्र हुन, साध्य होईनन् ।

    उमेर र गतिमा केही समानता पाउन सकिन्छ । पल यसको अंश हुन् । मानव निर्मित घडिहरु साधन हुन् । सत्यताका कसीमा आलिङ्गन हुने चाहना कमैले मात्र राख्दछन् । किनकी यसको आकार फराकिलो हुन्छ, यही फराकिलो आकार भित्र आफुलाई हराउनु भन्दा स्वार्थतामा अभ्यस्त हुन खोज्नेहरु जीवनका झन झन दलदलमा फस्ने गर्दछन् । यहिले मानव जातिमा देखिएको समस्या भनेको यहि नै हो ।