काठमाडाै । नेपाल प्रहरीको साइबर ब्युरोले ‘सोर्स कोड’(कम्प्युटर स्रोत संकेत) चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
ब्युरोले तनहुँ भिमाद नगरपालिका-१ किहुँ घर भई ललितपुरको सानेपामा म्याट्रिक्स सफ्टेक प्रालि सञ्चालन गर्दै आएका ३५ वर्षीय सन्तोष सिग्देललाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
उनले राजश्व व्यवस्थापन नामक सफ्टवेयरको ‘सोर्स कोड’ अनधिकृत रूपमा पहुँच पुर्याएर चोरी गरेको आरोप छ।
चोरी गरी बौद्धिक सम्पत्तिमा आघात पुर्याइ आर्थिक लाभ लिने मनसायले उनले नेपालका केही स्थानीय तहमा उक्त सफ्टवेयर बिक्री वितरण गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।
प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा बिहीबार पक्राउ गरी पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ।