दमाैली । राप्रपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ-१ मा उम्मेदवार उठाउने निर्णय गरेकाे छ । पार्टीकाे साेमबार सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गरेकाे हाे ।
त्यसका लागि राप्रपाले सबै क्षेत्रमा निर्वाचन कमाण्डर ताेकेकाे छ । तनहुँमा केन्द्रीय काेषाध्यक्ष निलकण्ठ काफ्लेले कमाण्डर ताेकिएका छन् । बारा-२ मा वरिष्ठ नेता एवं उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन-२ मा वरिष्ठ नेता एवं उपाध्यक्ष विक्रम पाण्डे कमाण्डर ताेकिएका छन् ।