इजरायल-हमास लडाइँमा अहिलेसम्म ४५० जनाको मृत्यु, सैयौं घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    इजरायल-हमास लडाइँमा अहिलेसम्म ४५० जनाको मृत्यु, सैयौं घाइते

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०८०, आईतवार

    एजेन्सी । इजरायल-गाजा युद्धमा ४५० भन्दा बढी मानिसहरूको मृत्यु भएको विवरण छ।

    द न्युयोर्क टाइम्सका अनुसार आज बिहानसम्म दुबैपक्षका गरी ४५० जनाको मृत्यु भएको छ।

    इजरायली अधिकारीहरूका अनुसार हमासको आक्रमणबाट २५० नागरिकको मृत्यु भएको छ भने १ हजार ४ सयभन्दा बढी घाइते छन्।

    इजरायलको जवाफी कारबाहीबाट २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।  

    इजरायलका विभिन्न शहरहरूमा हमास र इजरायली सैनिकहरूबीच युद्ध भइरहेको बताइएको छ। विभिन्न शहरहरूबाट हमासले त्यहाँका नागरिकहरूलाई बन्दी बनाएर लैजाँदै गरेको भिडिओहरू सार्वजनिक भएका छन्।

    इजरायली अधिकारीहरूले  ज्येष्ठ नागरिक र सैनिक अधिकारीहरूलाई हमासले अपहरण गरी गाजा पुर्‍याएको बताएका छन्।

    हमासको आक्रमणपछि इजरायलका प्रधानमन्त्री  बेन्यामिन नेतन्याहुले युद्ध सुरू भएको घोषणा गरेका छन्। उनले अझै केही दिन युद्ध चल्ने र केही गाह्रो परिस्थितिको सामना गर्नुपर्ने बताएका छन्।

    ‘हामी युद्धमा छौं र यो युद्ध हामी जित्नेछौं,’ उनले भनेका छन्।