नेपालमै पहिलो पटक समलिङ्गीको विवाह दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    नेपालमै पहिलो पटक समलिङ्गीको विवाह दर्ता

    खबरपुञ्ज संवाददाता

    १३ मंसिर २०८०, बुधबार

    लमजुङ । लमजुङका रामबहादुर (माया) गुरूङ र नवलपरासीका सुरेन्द्र पाण्डेको विवाह दर्ता भएको छ। यौनिक तथा अल्पसंख्यक जोडीको विवाह दर्ता गरेको भएको यो पहिलो पटक हो।

    लमजुङको दोर्दी गाउँपालिकाले बुधबार उनीहरूको विवाह दर्ता गरेको हो। आजसम्म समलिंगी विवाहको कानुन नभएको भन्दै उनीहरूको विवाह गर्न राज्यका निकायहरूले अस्वीकार गर्दै आएका थिए। उनीहरूले विवाह गरेको ७ वर्षपछि स्थानीय सरकारले विवाह दर्ता गर्न स्वीकार गरेको हो। 

    समलिङ्गी विवाह दर्ता गरेका उनीहरुलाई बुधबार गाउँपालिका अध्यक्ष युवराज अधिकारीले दर्ता प्रमाणपत्र प्रदान गरेका छन् ।