के हो त जबज ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    के हो त जबज ?

    श्रीराम कार्की

    ३ पुष २०८०, मंगलवार

    जननेता कमरेड मदन भण्डारीले विश्व कम्युनिष्ट आन्दोलन बाट शिक्षा ग्रहण गरेर माक्र्सवादको सृजनात्मक प्रयोग गर्दै नेपाली राजनीतिक समाजमा जनताको बहुदलीय जनवाद को प्रतिपादन गर्नु भएको हो! सिधाान्त र जीवन शरीर भित्रका छाला र हाड जस्ता अभिन्न अंग हुन सिद्धान्तले जीवन लाई सुन्दर बनाउन पछ्याउनु पर्दछ । भनिन्छ सिद्धान्तको रंङ्ग खैरो हुन्छ जीवनको रंग हरियो हुन्छ ।

    जनताको बहुदलीय जनवाद शासन ब्यवस्थाको रुप र सार पक्षसँग सम्बन्धित छ । पुजीवादी जनवादी क्रान्ति सम्पन्न गरिसकेपछि पनि राज्य ब्यवस्था बहुलवादी हुन सक्छ भनेर कम्युनिष्ट आन्दोलनमा नवीन बैचारिक सिद्धान्त प्रतिपादन गर्ने उच्च ब्यवहारीक साहस जननेता कमरेड मदन भण्डारीले गर्नु भएको थियो! बहुदलीय शब्द रुप पक्ष संग संबंधित छ भने जनवाद शब्द सार पक्ष संग सम्बन्धित छ ! यसलाई त्यही अनुसार आजको विश्व ब्यवस्थामा बुझेर अमेरिकी पत्रीका न्युजविकले “In Nepal karl marx lives” भनेर लेखेको थियो

    जवजका ३ महत्त्वपूर्ण चरणहरु:-

    क) वर्गसंघर्षको रुप र आन्दोलनको बलद्वारा पुरानो सामन्ती अभिजात्य दलाल बर्गकोराज्यसत्ता ढालेर शोषण उत्पिडन समुल अन्त्य गर्न त्यसका अवशेषहरु सबै क्षेत्र बाट अन्त्यका लागि केन्द्रित भएर लाग्ने अवधि !
    ख) नयाँ उत्पादन समन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुबै हिसाबले बिकास गर्दै समृद्ध समाज निर्माणमा केन्द्रित भएर लाग्ने अबधि !
    ग) पुजीवादी जनवादी क्रान्ति सम्पन्न गरीसकेपछी संबैबिधान र कानुनी बाटो बाट अधिकतम रूपमा समाजवाद निर्माण गर्न पुरै तागत साथ केन्द्रित भएर लाग्ने अबधी !
    जवजले जनताको हित रक्षाको लागि सामन्ती अभिजात्य दलालपुजिवादी र दलाल नोकरशाहीका विरुद्ध बलप्रयोग लाई सदा ढोका खुला गरेको छ!

    जवजका १४ विशेषताहरु

    १) संबिधानको सर्वोच्चता :-कुनै पनि ब्यक्ती वा राजनीति दल सामाजिक संस्था वा नागरिक संविधान भन्दा माथी रहने छैन ! सबैभन्दा माथी संविधान हुनेछ!
    २) बहुदलीय खुला समाज:- प्रतेक नागरिक ,राजनीति दललाई लाई देश र जनताको हित नागरिक अधिकार र देशको रक्षाका पक्षमा गतिविधि गर्ने स्वतन्त्रता हुनेछ !
    ३) शक्ति पृथकिकरणको सिधाान्त :- जो कोहि ब्यक्ती वा एउटा मात्र निकाय संस्थाको हातमा अधिकार सुम्पने होइन संविधान र कानुन अनुसार कार्यपालिका , न्यायपालिका र ब्यवस्थापिका बिच संन्तुलन र नियन्त्रणको आधारमा शक्तिको बाडफाड हुनेछ !
    ४) मानव अधिकारको रक्षा:- साचो अर्थमा तल्लो गरिखाने श्रमजीवी बर्गको भलाईका लागि लड्ने कम्युनिष्टहरु नै मानव अधिकारवादी हुन! तर आजको विश्व लोकतान्त्रिक ब्यवस्थाका मूल्य मान्यता अनुसारका मानव अधिकारको रक्षा गर्दै अगाडि बढ्ने !
    ५) बहुदलीय प्रतिस्पर्धाको प्रणाली :- राज्य संचालनका अंगहरु जनताको हित रक्षाका लागि हुन ! बर्गिय समाजको विशेषताहरुमा आ आफ्नो बर्गको हित चाहने बिचार र दलहरु हुन्छ्न समाजमा बबुलता हुन्छ! तिनिहरु सबैलाई संबिधान र कानुन मातहत प्रतिस्पर्धा गर्ने र श्रेष्ठता हासिक गर्ने अधिकार हुनेछ !
    ६) आवाधिक निर्वाचन :- निश्चित समय अवधिको लागि जनता बाट निर्वाचित भएर संबिधान कानुन लाई कुल्चिएर लामो समय साशक बन्ने होइन जनता बाट आवाधिक रूपमा निर्वाचन गरि अनुमोदित भएर जानुपर्छ भन्ने मान्यता बोक्द्छ!
    ७) बहुमतको सरकार अल्पमतको प्रतिपक्ष :- प्रतिस्पर्धा र श्रेष्ठता स्विकार्दै जनताको बिचमा आवाधिक चुनाव बाट बहुमत ल्याउने लाई देश र जनताको हितमा सरकार संचालन गर्ने अवसर हुनेछ भने प्रतिस्पर्धामा अल्पमत आउने लाई रचनात्मक प्रतिपक्षको रूपमा रहने ब्यवस्था हुनेछ!
    ८) कानुनको शासन :- कानुन सबैको लागि समान हुन्छ उसले गर्ने कानुन बिपरित क्रियाकलापका आधारमा उस्ले कानुन अनुसार ड्ण्ड र सजाय भोग्नुपर्ने हुन्छ ! ठुलालाई चयन सानालाई ऎन हुन सक्दैन ! कानुनी राज सबैले पालना गर्नुपर्दछ!
    ९)जनताको जनवादी ब्यवस्थाको सुदृढीकरण :- जनताको दैनिक जीवनयापन र राज्यको दायित्व दिनुपर्ने सेवाप्रवाह सुबिधा र अधिकार लाई सुब्यवस्थित र चरणबद्ध सुदृढ बनाईनेछ!
    १०) बिदेशी पुजि र प्रबिधिको उपयोग :- देश र जनताको हित रक्षा र बिकासका लागि संबिधान र कानुनको पालना गरि बिदेशी पुजि र बैज्ञानिक प्रबिधि उपयोग गरिने छ!
    ११) क्षतिपूर्तिको ब्यवस्था:- नया जनताको ब्यवस्थामा निर्माण गर्दा श्रमजीवी बर्गको हितमा अबरोध गर्ने शोषक बर्ग लाई बाहेक राष्ट्रिय पुजिपती जो देशमा लगानी गर्न चाहन्छ जनता लाई शोषण नगरी स्वच्छ रूपमा उद्योग धन्दा गर्न चाहन्छ उसलाई राज्यले क्षतिपूर्ति सहितको ब्यवस्थापन गर्ने छ!
    १२) बिदेश नीति:- देशको रक्षा र जनताको भलो हुने पंचशिलकोसिधाान्तको आधारमाबिदेश नीति लाई अवलम्बन गरिनेछ !
    १३) नेतृत्व र जनवादी राज्यसत्ता:- देश र जनताको सेवा सुबिधा र अधिकार स्थापित गर्न राष्ट्रिय एकता सामाजिक सांस्कृतिक सद्भाव र देश बिकासका आयोजनाहरु संचालन गरि राष्ट्रको हितरक्षाको लागि न्याय र समानता आधारित रहि श्रमप्रतिको उच्च सम्मान गर्ने जीवनपद्धतिका लागि नेतृत्व तह बाट निरन्तर सोचिरहने र अगाडि बढ्ने मार्गचित्र स्पष्ट हुनेछ !
    १४)जनताको बहुदलीय जनवाद :- बिश्वब्यवस्थाका लोकतान्त्रिक मुल्य मान्यताका जनहितकारी पक्षलाई आत्मसात् गर्दै जनताको गाँस , बास, कपास , शिक्षा , स्वास्थ , रोजगार लगायत भौतिक र सांस्कृतिक सामाजिक अधिकार र सुबिधा ज्ञारेन्टी गर्दै राज्यले सबै जनता लाई समान न्याय अधिकार दिलाई ब्युरोक्रेसी लाई जनसेवा प्रवाहमुखी बनाउदै उत्पदनमाविशेष जोड न्यायमुखी बितरण प्रणाली भुमिसुधार र कृषि क्रान्ति सहितअगाडि बढ्ने बिना कुनै भेदभाव जाती धर्म र भाषा र संस्कृति बिच भेदभाव नगरी राज्यले संरक्षण र रक्षा गरि सामाजिक सद्भाव राष्ट्रिय एकता दर्विलो बनाएर स्वाभिमानको शिर उच्च हुने गरि भावी पुस्ता बैज्ञानिक उत्पादन गरि देश बिकास र समृद्धि सहितको समाजवाद स्थापना गर्ने ।