स्वयम्भूस्थित घरको डेरामा फेला परेको शवको पहिचान खुल्यो, मृतक तनहुँकी ‘सफिना मिया’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    स्वयम्भूस्थित घरको डेरामा फेला परेको शवको पहिचान खुल्यो, मृतक तनहुँकी ‘सफिना मिया’

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०८०, आईतवार

    काठमाडौँ । माघ ३ गते काठमाडौं महानगरपालिका १५, शोभाभगवती, स्वयम्भूस्थित सरिता गिरीको घरमा सडेको अवस्थामा फेला परेको शव सफिना मियाको भएको खुलेको छ ।

    आइतबार नेपाल प्रहरीले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।
    प्रहरीकाअनुसार मृतक महिला तनहुँ जिल्ला भिमाद नगरपालिका (किहुँ गा.वि.स ५) घर भएकी वर्ष ५१ की रहेको बताइएको छ ।

    महिलाको हत्याको आशंकामा उनीसँगै बस्ने भारतको दरभंगा जिल्ला बिहार प्रदेश लालबाग थाना घर भएका ४३ वर्षका ईकरामुल हक अन्सारीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख भूपेन्द्र खत्रीले बताए ।

    उनले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १५ स्वयम्भूस्थित शोभा भगवती सरिता गिरीको दुई तले घरको भुईँ तलामा सफिना मियाँको हत्या भएको बताए । घरमा बस्ने व्यक्ति को बस्नुहुन्थ्यो र केका लागि बस्नुहुन्छ भन्नेकुरा घरधनी स्वयंलाई थाहा नभएको अवस्था रहनु चिन्ताजनक रहेको भन्दै घरभाडामा दिँदा को मानिस, केका लागि बस्नुहुन्छ भन्नेकुरा रेकर्ड राखिदिन आग्रह गरे । उनले मृतक महिला तीन महिना अघिदेखि नै कोठामा मृत रहेको अनुमान प्रहरीको रहेको बताए ।

    त्यस्तै, प्रहरीले विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ३ का अञ्जन बराललाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । निजको साथबाट बैंकका चेक, लेटरप्याड, स्ट्याम्प र डायरी फेला पारेको प्रहरीले बताएको छ ।

    हालसम्म बरामद गरेको ३५ वटा चेकमा उल्लेख भएको रकम १५ करोड ६५ लाख ८० हजार रहेको प्रहरीले बताएको छ । निजले गत एक वर्षदेखि गोविन्द घिमिरेसँग मिलेर ठगी गर्दै आएको बताइएको छ ।