गोरखामा माछापोखरीमा डुबेर एक किशोरको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गोरखामा माछापोखरीमा डुबेर एक किशोरको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३० असार २०८१, आईतवार

    गोरखा । पालुङटार नगरपालिका–६ कालामाटामा रहेको माछापोखरीमा डुवेर एक किशोरको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोही स्थानका १७ बर्षीय विपिन नेपाली रहेको प्रहरीले जनाएको छ । आइतबार साथीहरुसँग पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।

    ‘उनी र उनका चार जना साथी मिलेर पौडी खेल्न गएछन्’, उनले भने, ‘त्यही क्रममा डुबेर नेपालीको मृत्यु भएछ ।’ नेपालीको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।