शुक्लागण्डकीमा ५९ हजार नगद सहित तास खेलेका १६ जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीमा ५९ हजार नगद सहित तास खेलेका १६ जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०८१, बुधबार

    दमाैली । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-७ नमुना भोटेपानी टोलमा तास खेलेका १६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । स्थानीय एक व्यक्तिकाे घरमा तास खेलेकाे सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलचाैताराबाट खटिएकाे प्रहरीले १६ जनालाई पक्राउ गरेकाे हाे ।

    उनीहरुकाे साथबाट नगद रु ५९ हजार नाै सय ६० र ६ बुक तास बरामद भएकाे प्रहरीले जनाएकाे छ ।