काठमाडौं । प्राविधिक समस्याका कारण चन्द्रागिरी केबलकारमा अड्किएका यात्रुको उद्धार गरिएको छ ।बुधबार दिउँसो साढे १ बजे प्राविधिक समस्याका कारण बीचमै रोकिएको केबलकार पुन: सञ्चालनमा आएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
जेनेरेटर चलाउन नसकिएपछि केबलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेशनमा झारेर उद्धार गरिएको हो ।