दमौली । नेपाल उद्योग व्यापार महासंघ शुक्लागण्डकीको अध्यक्षमा कुलप्रसाद गुरुङ चयन भएका छन् । महासंघको शुक्रबार सम्पन्न प्रथम भेलाले गुरुङको अध्यक्षतामा नयॉ समिति चयन गरेको हो ।
उपाध्यक्ष (उद्योग) मा देवेन्द्र ढुंगाना, उपाध्यक्ष (वाणिज्य) मा कमल सिग्देल, महासचिवमा मित्र बन्धु पौडेल, सचिवमा आरती शर्मा कोषाध्यक्षमा सबिना विक र सदस्यहरुमा बिमला राई, गोबर्धन गुरुङ, नवराज गौतम, मनिषा सारु, रेशम सापकोटा, सुनिता सुनार, राम कुमारी परियार, सुरेन्द्र वाग्ले, सेर्कु तामाङ, ज्योति ढकाल, पुष्प सुवेदी चयन भएका छन् ।
सल्लाहकार समिति संयोजकमा राम प्रसाद सिग्देल र सदस्यहरुमा तिल बहादुर कार्की र अशोक कुमार श्रेष्ठ चयन भएका छन् ।