राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाआजा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाआजा

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०८१, सोमबार

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पाैडेल प्रथम महिला सबिता पाैडेलसहित बडादशैंको अवसरमा साेमबार बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताकाे पूजा अर्चना गर्नुका साथै पूजारीबाट टीका प्रसाद ग्रहण गरे ।

    काठमाडौंकाे दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने याे मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ । साे अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख माेहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रकाे पुननिर्माणमा सहयाेगका लागि आग्रह गरे । साथै काठमाडौ मकवानपुरकाे सडक छिटो पुननिर्माण गरी सडक निर्वाध सञ्चालनकाे आवश्यकता औल्याए ।

    सो अवसरमा राष्ट्रपति पाैडेलले बाढी पैह्राेले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारकाे ध्यानाकर्षण गराउने बताए ।

    राष्ट्रपति पाैडेल मन्दिर पुग्नुहुँदा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।