काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँकै दिन पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ ।
महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन् ।