रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सा अदालतमा मुद्दा दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सा अदालतमा मुद्दा दर्ता

    खबरपुञ्ज संवाददाता

    ३२ जेष्ठ २०८२, आईतवार

    काठमाडौ, १ असार । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

    सरकारी वकिलको कार्यालय पर्साले शुक्रबार नै सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिनामा लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाएर पुरक अभियोग दायर गरेको हो।

    यसमा लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ।

    लामिछाने र जोशी हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा छन्। त्यसबाहेक मुद्दा दायर भएका सबै जना फरार कायम गरी मुद्दा दायर भएको छ।

    सरकारी वकिलले छविलाल जोशीसँग ७ करोड २० लाख ९८ हजार रुपैयाँ र रवि लामिछानेसँग ११ करोड ५६ लाख ९४ हजार बिगो मागदाबी गरेको छ।