कोरोना खोप प्रभावकारी नहुँदै २० लाखको मृत्यु हुनसक्ने ‘डब्लूएचओ’को चेतावनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • स्वास्थ्य

    कोरोना खोप प्रभावकारी नहुँदै २० लाखको मृत्यु हुनसक्ने ‘डब्लूएचओ’को चेतावनी

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०७७, शनिबार

    एजेन्सी : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण २० लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले दिएको छ । डब्लूएचओका अनुसार कोरोनाविरुद्धको प्रभावकारी खोप व्यापक प्रयोग हुनु अघि नै झण्डै २० लाख मानिसले ज्यान गुमाउने छन् । 

    विश्व सामुदाय नै सचेत नभएमा कोरोना संक्रमणले सोचेभन्दा धेरै क्षति गर्ने डब्लूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले बताए । 

    अन्तर्राष्ट्रिय एकता बिना कोरोना संक्रमणबाट मानिसले ज्यान जोगाउन नसक्ने उनको भनाइ छ । विश्वभर कोरोना संक्रमणका कारण अहिलेसम्म झण्डै १० लाख मानिसको मृत्यु भइसकेको छ । 

    मौसमी रुघाखोकी जस्तै चिसो मौसममा कोरोनाको संक्रमण दर अझ बढ्ने अनुमान गरिएको छ । बीबीसीका अनुसार उत्तरी गोलार्धमा जाडो महिना सुरु हुन थालेसँगै कोरोना भाइरसको दोस्रो लहर चल्नेछ । 

    अहिलेसम्म अमेरिका, भारत र ब्राजिल गरेर तीन देशमा मात्रै एक करोड ७८ लाखमा जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

    कोरोनाले सबैभन्दा प्रभावित मानिएको अमेरिकामा ७२ लाख ३३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख ८ हजारको मृत्यु भएको छ । 

    छिमेकी देश भारतमा ५९ लाखमा कोरोना पुष्टि हुँदा ९३ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ४६ लाख ८९ हजारमा कोरोना पुष्टि भएको छ । त्यहाँ मर्नेको संख्या १ लाख ४० हजार पुगेको छ । 

    अहिलेसम्म विश्वभर ३ करोड २७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये ९ लाख ९२ हजारको ज्यान गुमाएका छन् भने २ करोड ४१ लाखले कोरोना जितेका छन्। 

    नेपालमा संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । जसमध्ये ५१ हजार ८६६ले कोरोना जितेका छन् भने ४५९ जनाले ज्यान गुमाएका छन् । पछिल्ला दिनमा नेपालका सहरी क्षेत्रमा कोरोना संक्रमण दर बढिरहेको छ ।