नेपालको राजनीतिकाे अन्तरवस्तु केलाउदाँ नेपाल कम्युनिष्ट पार्टी(एमाले) प्रधान बन्न आँउछ । नेपालको सन्र्दभमा कम्युनिष्ट आन्दोलनमा स्थापित एमाले को विभिन्न उतारचढावका वीचमा नेपालको राजनिती घुमिरहेको छ । अहिलेको राजनितीलाई नजिकवाट नियाल्ने हो भने आजको विवादको श्रृखलाको पटाक्षेप आज श्रृजित होईन, २०७१ श्रावण १ गते वाट नै खोजिनुपर्दछ ।
निति, विचार र सिद्धान्त मदन भण्डारीद्धारा प्रतिपादन गरेको जनताको वहुदलिय जनवाद नै मुख्य सिद्धान्त वोकेको नेकपा एमालेमा सांगठनिक र वैचारिक विवाद छैन । आजको दिनमा आईपुग्दा सुर्य चिन्ह छाडेर स्वतन्त्र चुनाव चिन्हमा मतदान गर्ने अवस्थामा कसरी आईपुग्यो, यसको सुक्ष्म विश्लेषण गर्नुपर्दछ । एमालेको जननी दावी गर्ने माधव कुमार नेपाल आज एमालेको सुर्य चिन्ह छाडेर स्वतन्त्र चिन्हमा मतदान गरि पार्टीको ह्वीप विरुद्ध उभिएका छन् । यसले नेकपा एमालेको विवादलाई छताछुल्ल वनाईदिएको छ । यसअघिका घटनाक्रमलाई नियाल्ने हो भने प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुपस्थित हुने, फलोरक्रस गर्ने जस्तो घटना पार्टीका लागी क्षमायोग्य हुन सक्दैन । जुन नेकपा एमालेमा पटक पटक दोहरिएको छ ।
नेकपा माले र नेकपा माक्र्सवादीको एकिकरण पाश्चात २०४७ पुस २२ गते स्थापना भएका नेकपा एमालेका नेतृत्वकर्ताहरु भनेका आजका दिनमा माधव कुमार नेपाल, केपी शर्मा ओली, झलनाथ खनाल, वामदेव गौतम नै हुन् । वामदेव वाहेक अन्य तिनै जना एमालेमा लामो समय नेतृत्व गरेको व्यक्तित्व हुन् । त्यसमाथी पनि माधव कुमार नेपाल लामो समय नेतृत्वमा रहेर पार्टी र सरकारको समेत नेतृत्व कर्ता हुन् । झलनाथ खनाल पनि आठौ राष्ट्रिय महाधिवेशनवाट निर्वाचित पार्टी अध्यक्ष हुन र सरकारका समेत नेतृत्व गरिसकेका हुन् ।
विवादको चुरो २०७१ श्रावण १ गते भएको नेकपा एमालेमा नवौ राष्ट्रिय महाधिवेशनवाट खोजिनुपर्दछ । जुन अधिवेशनमा माधव कुमार नेपाल र केपी शर्मा ओली प्रतिष्पर्धी थिए, त्यहि प्रतिष्पर्धावाट निर्वाचित भएको केपी शर्मा ओली अहिले पार्टी अध्यक्ष र प्रधानमन्त्री छन् । लोकतान्त्रिक विधिवाट भएको निर्वाचनमा पराजित माधव कुमार नेपाल त्यसपछि जसरी पनि ओलीलाई असहयोग गर्ने र पुन आफै अध्यक्ष वन्ने सोच नै नेकपा एमालेको विवादको सुत्रपात हो । जुन अहिलेसम्म पनि देखिन्छ । यसवीचमा नेकपाको एकीकरण हुदाँ आएको एकपद छाड्नुपर्ने अभिव्यक्ति आज सम्म पनि पटाक्षेप भईरहेको छ । जुन माधव नेपालको सत्तालिप्सा को उपज हो । जुन अप्राकृतिक हो, त्यसैको परिणाम नै आजको विवादको मुख्य चुरो हो, जसले पार्टी मात्र होईन, देश र जनतालाई समेत ठुलो धोका हो । विचार, कार्यनिती र सिद्धान्त हैन, माधव नेपालको महाधिवेशनवाट पराजित मानसिकताको उपज हो, अहिले एमालेको विवादको मुख्य चुरो । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा हारेर पनि ससद सदस्य र प्रधानमन्त्री समेत वन्ने अवसर पाएको माधव नेपाल नै अहिले नेकपा एमालेको मुख्य समस्या हो । महाधिवेशनमा हारेर पनि जस्केलावाट प्रधानमन्त्री अथवा पार्टी अध्यक्ष वन्न सकिन्छ भन्ने ध्येयमा लाग्दा नै अहिलेको अवस्था आएको हो, जुन नजिकवाट नियाल्नेहरुका लागी नौलो हैन । विधि र विधानको माला जप्ने माधव नेपाल अध्यक्षलाई सहयोग गर्नुभन्दा पनि पद र सत्ताका लागी गरिने तिकडमले आज कम्युनिष्ट पार्टीमा आस्था राख्ने हजारौ कार्यकर्तामाथी धाँवा वोलेको छ । जुन सह्यै हुन सक्दैन ।
पार्टीको नवौ महाधिवेशनवाट भएको पार्टी अध्यक्षवाट ओलीलाई जसरी पनि हटाएर आफै पार्टी अध्यक्ष वन्ने माधव नेपालको निकृष्ठ पदलोलुपता र निर्वाचित पार्टी अध्यक्ष ओलीले महाधिवेशनवाट नै पार्टी अध्यक्ष हुनुपर्ने टकराव वीचको लडाँई हो, अहिलेको एमालेको अन्तर्य । जसरी पनि आफै ठिक भन्ने माधव नेपालको संकुचित सोचले सिगों कम्युनिष्ट आन्दोलन नै धरासायी वन्न गएको छ । जुन पार्टी र देशका लागी हितकर छैन ।
नेकपा गठन पाश्चात प्रचण्ड सँगको मिलोमतोमा पार्टी अध्यक्षबाट ओलीलाई हटाउने पटक पटकको प्रयास असफल भएपनि सर्वोच्चको आदेशवाट व्युझिएको एमाले हुदाँ समेत माधवको मतियारहरुको पार्टी अध्यक्ष छोड्नुपर्ने अभिव्यक्तिले माधव नेपालमा कति पदलोलुपता रहेछ भन्ने पुष्टि गर्दछ । २०७१ मा भएको महाधिवेशन पुन महाधिवेशन गर्न समय भईसक्दा पनि ओलीले महाधिवेशन गरौ भन्दा समेत नमानेर जसरी पनि अध्यक्ष छाड्नुपर्ने माधवको अडानले पार्टी वनाउन होईन, आफु मात्र वन्न चाहन्छ, यसका लागी माधव जे पनि गर्न तैयार रहन्छ भन्ने हिजो भएको राष्ट्रिय सभाको निर्वाचनले पनि प्रमाणित गर्दछ । हार स्वीकार गर्न नसक्ने र आफनो विकल्प नदेख्ने माधव नेपाल र उसका मतियारहरु नै एमालेको धमिरा हुन्, जसले पार्टीलाई कमजोर वनाईरहेका छन् । विधि, विचार र सिद्धान्तमा विविधता नहुनु पदमा मात्र आशक्ति रहेर पार्टीलाई नै कमजोर वनाउनुले माधव नेपाल के चाहन्छ भन्ने पुष्टि भएको छ ।
अस्थिर सरकारको लामो ज्यादती भोगेको नेपाली जनताले ओली नेतृत्वमा भएको चुनावमा सवैभन्दा पहिलो पार्टी वन्यो, यसमा ओलीको उल्लेख्य हात रहेको छ । जुन आम कार्यकर्ताले स्वीकारेका छन् । २०६४ सालमा माधव नेपालको नेतृत्वमा भएको संविधान सभाको निर्वाचनमा एमालेलाई तेश्रो पार्टी वनाएको माधव नेपालले आज ओलीको नेतृत्वमा भएको चुनावमा पहिलो पार्टी वनेको पटक्कै चित्त वुझेको छैन, त्यहि रोदनको परिणाम नै आजको अवस्था हो , आजको अवस्था । पार्टी जित्दा समेत खुशी हुन नसक्ने माधव नेपाल ओलीको क्रेजका अगाडी त्राहीमाम वनेका छन् । जुन पटक पटकको घटनाक्रमले पुष्टि गर्दछ ।
स्थिर सरकारको सपनासहित पहिलो पार्टी वनाएको जनताले एमाले भित्रको पदको आशक्तिलाई क्षम्य मान्न सकिदैन । आम जनता के चाहन्छ त्यसको कुनै पनि मतलव नराखी पदको लागी गरिएको तिकडम स्वीकार्य हुन सक्दैन । समृद्ध नेपाल सुखी नेपाली वन्ने चाहनामा माधव कुमार नेपाल सारथी वन्नुपर्दछ, नकि तगारो । पदको आशक्ति सम्वन्धित महाधिवेशनमा नै स्वाभाविक लाग्दछ, नकि रोदन । देश नै कारोना कहरको वीचमा रहेको वेलामा राजनैतिक उथुलपुथुल, घात, प्रतिघात, पार्टी र जनताको लागी सकारात्मक पक्ष हुन सक्दैन । आम सरकार र पार्टी नै जनताको जीवन रक्षाका लागी उत्रनुपर्ने वेलामा सरकार नै कुर्चि जोगाउनका लागी लागीपर्ने अवस्थाले जनताप्रतिको सरकारको उत्तरदायित्व कदापी पुरा हुन सक्दैनन । नसोच्दा हुन्छ, सवै जनता भेडा हुन्छन्, त्यो सोच कालान्तरमा गम्भिर धोका हुन सक्दछ ।