फगत् आफनै सोच पनि बन्धक बन्दोरहछ । सोच अन्य तत्वमार्फत नभै आफनै कारणले सिर्जित हुने रहेछ । जुन सोचलाई वन्धक वनाउदाँ नसक्दा जीवन नै वेअर्थ वन्ने रहेछ । सोच ह्दयको अधिनस्थ हुनु भन्दा ह्दय नै सोचको अधिनस्थ वनिदिदाँ यसले जीवन नै वर्वाद वनाउँदो रहेछ । भौतिक शरिर आत्माको अधिनस्थ हुन्छ । ह्दय स्वाचालित भएपनि मस्तिष्कमा हुने कम्पन भनेको त्यसैको अंश भएता पनि देखिने परिणाम भने सोचको नतिजा हो । यहि निस्कने नतिजाको कारक तत्व सोचमा निर्भर रहन्छ । तर यहि सोचलाई अधिनस्थ राख्नु भनेको सवैभन्दा ठुलो चुनौती हो । भौतिक वस्तुको प्राप्ति क्षणिक हो भने सोचको सन्तुलन नियमित हो । यहि सोचको सन्तुलन मिलाउन नसक्दा नै ह्दय हुदै यो भौतिक शरिरले पनि अनेकन व्यवधानहरुको सामना गर्नुपर्ने हुन्छ । त्यहि लाई नै हामी भाग्य भनेर भोगिरहेका हुन्छौ, यद्यापी भाग्य भोगिने भएता पनि यसको संस्करण सोचमा नै निहित रहेको हुन्छ ।
सोचको बन्धकता कहिलेसम्म ? सोचको मुक्ति विना जीवन सम्भव छ ? किमर्थ छैन, यद्यापी सोच विनाको जीवनको अर्थ रहदैन । त्यसो भए सोचको वन्धकता किन ? अन्योयन्याश्रित सम्वन्धको वीचमा हुर्किएको यो किन सजिवतामा व्यवधानको रुपमा चित्रित छ ? यसको सहि विश्लेषण अवको सन्र्दभमा अपरिहार्यता वनेको छ । अध्ययनको विशिष्टताले मात्र यसको पुष्टि गर्न सक्दैन । अध्ययन जीवनको महत्पुर्ण पाटो वन्न सक्दछ तर साध्य वन्न सक्दैन । यसको अर्थ अध्ययन केहि होईन, यद्यापी अध्ययनको विशिष्टतासँगसँगै यसको शाव्दिकताको ठुलो अर्थ राख्दछ । जीवनको परिभाषा र जीवन नै उथुलपुथुल पार्ने यो सोचको सान्र्दभिकता यसको सकारात्मक कार्यन्वयनले ठुलो भुमिका खेलेको हुन्छ । यसमा उजागर हुने विचारको पृष्टभुमि र त्यसको व्याख्यताले यसको महत्वलाई झन ठुलो प्रभाव पारेको हुन्छ । यसका लागी मानव जातिले जीवनको शाव्दिक अर्थ वुझने प्रयत्न गर्नुपर्दछ । सोचको एकाग्रता भनेको शाव्दिकताको अपुष्टता हो । जुन एकमात्र सत्य हो । यहि पेरिफेरिमा रहेर यसको सान्र्दभिकता पुष्टि गर्न सकिन्छ ।
समाजिक जीवन, भौगोलिक परिवेश र त्यसँसँग जोडिएका अपव्ययले पनि सोचको विकासमा धेरै ठुलो महत्व राख्दछ । भौतिक प्राप्तिलाई नै सवैभन्दा जीवनको उपलव्धता सोच्नेहरुको भीडमा रहेर सोचको वन्धकतावाट मुक्त हुन सकिदैन । यसका लागी नैतिक शिक्षा र व्यवहारिक ज्ञानको आवश्यकता पर्दछ, जुन अहिलेको सन्र्दभमा मुल्यहीन वनिसक्यो ।
सोच जीवन्त हुन्छन् । फरक यति हो कि यसले दिने परिणाममा चेतनाको प्रार्दुभाव झल्किएको हुन्छ । व्यक्तिको जीवन हेर्ने दृष्टिकोण सोचमार्फत प्रस्फुटित हुन्छन् । मस्तिष्क र चेतनाको जवसम्म तादात्म्यता हुदैन । सोचमा विविधता मडारिरहन्छ । यहि पेरिफेरिमा चलेको जीवन भनेको नै सोचका वन्धकता हो । यसलाई नियन्त्रण गर्न नसक्नु नै मानव जीवनका लागि अभिषाप हो । यहि अभिशाप वोकेर हामी सुन्दर जीवन खोज्ने कुचेष्टा गरिरहेका छौ ।
भौतिक जीवनले सोचको विविधतामा ठुलो असर पार्दछ । यसका लागि भौतिक जीवनलाई साधन मात्र वनाईनु पर्दछ । जसले यसको मुल्यांकनमा सहजता निर्माण गर्दछ । मस्तिष्कमा उत्पादन हुने विभिन्न रसायनहरुमा जव भौतिकताको प्रभाव हावी हुन्छ, त्यसले सोचमा नकारात्मकताको विकास गर्दछ, त्यसरी विकसित सोचले शरिर नै असन्तुलन वनाईदिन्छ । त्यसैको परिणाम स्वरुप देखिने क्रियाकलापहरु शरिरको भागवाट धर्तिमा प्रस्फुटित हुन्छ । जसलाई मानवीय स्वभाव भनेर परिचित वन्दछ ।
मस्तिष्कको शुशुप्तामा पैदा हुने सोच मानव सिर्जित हुन् । यसमा कुनै दुईमत छैन, फरक त यसका परिभाषा र हेर्ने दृष्टिकोण मात्र हुन् । त्यसो भए सोचको वन्धकता किन रहन्छ त ? सोचको वन्धकता आफै प्रस्फुटित अंश होईनन्, यसका लागी व्यक्तिको चेतना, हेर्ने दृष्टिकोण, समाजिक परिवेश र भौगोलिक अवस्थाले वनाएको हुन्छ । जसका लागी हरेकतामा चेतनाको अव्वल मात्र रहनुपर्दछ र जीवनको परिभाषा भित्र छिरेको हुनुपर्दछ, जुन आम मानव समुदायका लागी सहज हुदैन । तरलता भित्र नै रुमल्लिएको जीवनहरुले अडिने प्रयत्न गर्नु भनेको असम्भव प्रायः हो । जुन दोहरिरहेको छ ।
मस्तिष्क र चेतनाको जवसम्म तादात्म्यता हुदैन । सोचमा विविधता मडारिरहन्छ । त्यहि मडारिरहेको वादलवाट कहिले तरल पानी त कहिले असिना वर्सेजस्तै मस्तिकमा पनि अनेकन विचारहरु खेलिरहन्छन् । मात्र यति फरक छ कि त्यो विचारहरुमा सकारात्मकता हावी भने सोचको सार्थकता हुन्छ भने नकारात्मकता हावी भयो भने त्यो जीवनका लागी हानिकारक हुन्छ । हामी त्यहि नकारात्मक हावीतामा जीवनलाई पुर्ण वनाउन खोजिरहेका छौ । जुन असम्भवप्रायः रहेको छ ।
कहिले जीतको उन्माद, कहिले नैराश्यता, कहिले सन्तुलन त कहिले रोदन, सवै सोचका प्रतिमुर्ति हुन् । जुन हामीमा भएको चेतनामा निर्भर रहेको हुन्छ । यसका लागी अटोट पनि अंश वनेर देखा पर्दछ, तर त्यो केहि समयपछि वरफ वनेर हराएर जान्छ । यहि पेरिफेरिमा चलेको जीवन भनेको नै सोचका वन्धकता हो । यसलाई नियन्त्रण गर्न नसक्नु नै मानव जीवनका लागी अभिषाप हो । यहि अभिशाप वोकेर हामी सुन्दर जीवन खोज्ने कुचेष्टा गरिरहेका छौ ।
आफैद्धारा सिर्जित समस्याको निराकरण आफै स्वयं नै हो । यसमा कुनै दुईमत हुन सक्दैन । सिर्जित समस्याको समाधानमा घटनाक्रमहरु साधन हुन् । साध्य होईनन । साधन हरु जीवनमा धेरै अनेकन रुपमा सिर्जित हुन्छन् तर साध्य अलौकिक हुन्छ । यहि वीचमा जीवनको सन्तुलन मिलाउने अथक प्रयासहरुलाई साधन र कारक वनेर असंख्य मात्रामा मस्तिष्कमा मडारिरहन्छ । जसलाई हामीले फिल्टर गर्न सक्दैन । यहि नै नियमित चक्र हो । यद्यापी सोचको वन्धकतावाट मुक्त हुने प्रयास नभएका होईनन् तर त्यसले नतिजा दिने गरि फक्रन सक्दैनन । गरिएका कोशिशहरु कोपिलामा नै निमोठिनेछन् । त्यसलाई हुर्काउन नसक्नेहरुले वाध्यता र वातावरणलाई दोष दिएर निर्लज्जता प्रकट गरिरहेका हुन्छन् ।
सोच जीवन्त हुन्छन् । फरक यति हो कि यसले दिने परिणाममा चेतनाको प्रार्दुभाव झल्किएको हुन्छ । व्यक्तिको जीवन हेर्ने दृष्टिकोण सोचमार्फत प्रस्फुटित हुन्छन् । जुन सकारात्मक र नकारात्मक दुवै हुन सक्दछ । प्रस्फुटित दृष्टिकोण मस्तिष्कमा सकारात्मक हावी भएमा जीवन सहज र नकारात्मक हावी भएमा गहुङ्गो सावित हुने छ । जुन गहुङ्गो अन्तत जीवन नै नरहने कारक पनि वन्न सक्दछ । जुन हावाको कण कण हुदै उडिरहेको छ ।