दुलेगाैडा । मगर सँस्कृतिमा आधारति चलचित्र ‘मिसार’ को फस्ट सो भिमादमा हुने भएको छ । विहीबार भिमाद बजारमा चलचित्रको फस्ट सो हुनेछ । सन्तोष पिठाकोटे मगरको लेखन, निर्देशन, छायांकन र सम्पादनमा चलचित्र बनाईएको हो ।
चलचित्रमा देवेन्द्र थापा मगर, रविन्द्र थापा मगर, सनम आले मगर, जेनिता थापा मगर, दिपु मगर, प्रतिक्षा राना मगर लगायतको अभिनय रहेको छ । मिसार मगर भाषामा ‘आँखाको फुल’ हो । मगर समुदायको महिलाको संघर्षलाई आँखाको फुलसँग दाजेर चलचित्र बनाईएको निर्देशक पिठाकोटेले बताए । उनका अनुसार चलचित्र साँस्कृतिक प्रेमकथामा आधारित छ ।
चलचित्र हेर्ने दर्शकको मन जित्ने अपेक्षा रहेको उनले बताए । ‘हेरुन्जेल कहीँपनि बोरिङ फिल हुने बनाएका छैनौँ’, उनले भने । चलचित्रबाट मगर समुदायको सँस्कृति समेत नयाँ पुस्तालाई हस्तानतरण हुने उनको विश्वास छ ।
झन्डै ३५ लाख रुपैयाँ लगानी गरिएको चलचित्र मगर र नेपाली भाषमा तयार छ । ६ जनाले लगानी गरेका छन् । गोविन्द थापा मगर, सविता थापा मगर थुम्सिङ, कोटबहादुर बाचे मगर, मर्सा∙ी ब्रर्दस, पवित्रा थापा मगर, मुक्त गुरुङ चलचित्रका निर्माता हुन् । चलचित्र देशका विभिन्न स्थानमा प्रदर्शन गरिने निर्माता पवित्रा थापा मगरले बताईन् ।
उनका अनुसार लगानी उठेपछि भएको फाईदा महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिनेछ । ‘हामीले लगानी उठेपछि भएको सबै कमाई आविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गरिसकेका छौँ’, उनले भनिन् । चलचित्र झन्डै चार बर्ष समय लगाएर निर्माण भएको हो । मगर र नेपाली भाषामा निर्माण गरेको र कोरोनाका कारण समय लागेको हो । तनहुँसँगै, कास्की र म्याग्दीका विभिन्न स्थानमा छायांकन गरिएको हो । पुरानोदेखी नयाँ कौराहा चलचित्रमा समावेश छन् । पुराना घरहरुलाई पनि समेटिएको छ ।