गठवन्धनको महाविपत्तिमा लोकतन्त्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    गठवन्धनको महाविपत्तिमा लोकतन्त्र

    विवि श्रेष्ठ

    १३ बैशाख २०७९, बुधबार

    गठवन्धन अर्थात जोड । यो जोडको अन्तर्यले लोकतन्त्रको सुन्दर पक्षलाई नै धुमिल वनाईदियो । गठवन्धनको अन्तर्य के भन्ने कुरामा धेरै घोत्लिन अवका दिनमा आवश्यक भएन । किनकी यसको अन्तर्य आम जनताले वुझिसकेका छन् । लोकतान्त्रिक पद्धतीमा गठवन्धनले दिने नतिजाले कस्तो प्रभाव पार्ला भन्ने कुरा विगतको निर्वाचन देखी नै प्रष्ट भईसकेको छ । जसले गर्दा गठवन्धन लोकतन्त्रका लागी घातक शिवाय अन्य हुन सक्दैन ।

    नेपालको राजनितीलाई नजिकवाट नियाल्ने हो भने राजनिती देश र जनताका लागी नभई व्यक्तिगत लाभका लागी हो भन्ने प्रष्ट भईसकेको छ । यो सवै कुरामा प्रष्ट हुदाँ हुदै पनि फेरि गठवन्धनको प्रयासले राजनैतिक दलका नेताहरु आम जनता र देशप्रति वफादार छैनन भन्ने कुरा प्रष्ट भईसकेको छ । फेरि पनि गठवन्धनको नाराले नेताहरुको चरित्र थप उदाँगो वनेको छ । यद्यापी अझै पनि जनतालाई गुमराहमा राख्न प्रयत्नमा केही जनताका नाममा गुलामी गर्नेहरुले भगिरथ प्रयत्नरत वनेको पाईन्छ ।

    जव विचार र सिद्धान्त हराउदै जान्छ, तव स्वार्थताका विभिन्न तत्वहरु विभिन्न शिर्षकमा मुखतरित वन्न पुग्दछ । त्यसैको पटाक्षेप हो, गठवन्धन । केही पहिला प्रतिगमन र उग्रगमनको नारा उचालेर जनतालाई मुर्ख वनाएका नेपालको नेताहरु अहिले चुनावको सम्मुखमा गठवन्धनको नारा दिई आफनो सिट सुरक्षित राख्न अभ्यस्त वनेका छन् । गठवन्धन भनेको नै मिलेर लुटने प्रक्रिया हो । जुन हरेकतामा पाईन्छ । मिल्नेका नाममा शासक वन्ने भुत सवार वनेको कमजोर मानसिकताको घोतक हो गठवन्धन । जुन हरेक पक्षमा पाउन सकिन्छ ।

    विचार र सिद्धान्तले नेतृत्व गर्नुपर्नेमा यो नै छाँयामा परेपछि दम्भ र घमण्ड नै प्रधान वनिदियो । राजनितीको नाममा दोहन गर्नेहरु हावी वनिदिदा ईमान्दारिता, नैतिकता छाँयामा पर्न गयो । यो वा त्यो वहानामा लुटना चाहनेहरु जसरी पनि सत्ता र शक्तिमा पुग्ने र राज गर्ने सोचमा गठवन्धन प्रधान वनिदियो । राजनिती सवैको निती वन्नुपर्नेमा सिमित व्यक्तिको मागी खाने वाटो वनिदियो । यो नै नेपालको सन्र्दभमा घातक वनिदियो । नेपालको राजनितीलाई राणाशासनको अन्त्य र प्रजातन्त्रको उदय पाश्चातलाई नजिकवाट नियाल्ने हो भने एकाध वाहेक राजनिती स्वार्थ केन्द्रित भन्दा वाहिर निस्कन सकेन । व्यवस्था आफैमा नराम्रो हैन, तर व्यवस्थाका राजगाज गर्नेहरुको हालीमुहालीले अन्तत नयाँ पुस्ताको लागी राजनिती प्रति नै घृणाको विषय वनिदियो । जसका कारण हजारौ युवापुस्ताहरु व्यक्तिगत जीवन उत्थानका लागी विदेशीन वाध्य वनिदियो । सही ट्रयाकमा ल्याउने केही प्रयत्नहरु फगत वनिसकेपछि उर्जाशिल युवाहरुको वितृष्णाले अन्ततले नेपालको आर्थिक भौतिक विकासका लागी लामो समयसम्म गिजाल्ने पक्का छ । यहि फेरिफेरिमा घुमेको नेपालको राजनिती अझै केही समयसम्म यहि दरिद्धतामा गुज्रनेमा कुनै शंका छैन । आस्था र विश्वासको कडी भनेको विचारको नविनता हो । यसका लागी स्वार्थ केन्द्रित हुनु हुदैन । त्यहि विचारमा समाहित हुनेहरुको मोर्चाको गोलवन्दी राजनैतिक पार्टी हुनुपर्नेमा स्वार्थको झुण्डलाई नै राजनिती र नेताहरुको उपमाले अन्तत नेपाल नराम्रो सँग फस्न पुगेको छ । यहि तरलतामा फसेको नेपालको विकास र समृद्धिका लागी देशले अझै केही समय कुर्न पर्ने देखिएको छ । विचार र दृष्टिकोण केही समयसम्म छाँयामा परेता पनि अन्तत सत्य सत्य हुन्छ भन्नेमा कुनै शंका छैन । फरक यति हो कि यसको पुग्ने वाटो र समय भने फरक फरक हुन सक्नेछ । धमलिएको नेपालको राजनिती प्रतिको चेतनामा केही अव्वलता आएता पनि यसको नविनतम प्रयोगमा भने यो अल्पमतमा रहेको पाईन्छ । व्यवहारिक कार्यन्वयन र सोचको समाधि मिलाउने हिम्मत पुरानो पुस्तावाट सम्भव छैन, नयाँ पुस्ताको हिम्मत निर्णायक नहुने र पुरानो सोचका प्रतिमुर्तिहरु हावी भईरहदाँ युवा पुस्ता हरु राजनितीवाट नै वितृष्णा हुने तिव्रता वढेको छ । यहि अन्योन्याश्रित सम्वन्धमा वढेको नेपालका राजनिती फेरि पनि नयाँ वोतलमा पुरानै रक्सी वाहेक अन्य हुन सक्दैन । सारमा हुने भनेको नै यहि हो ।

    राजनितीलाई नजिकवाट नियाल्नका लागी मानव जातिको जीवन प्रद्धती, यसको महत्व र आम जीवनको सारलाई वुझन जरुरी छ । जुन एकमात्र सत्य हो । तर सत्यतामा जीवन यापन गर्न सहज छैन । मानव जाति असहज र चुनौतीलाई सामना गर्न सक्दैन । जीवनको सार समेत नवुझि जीवन समाप्त गर्नेहरुको भीडमा पृथकताको राजनिती गर्न त्यति सहज छैन । जसरी पनि जिउने अभ्यस्त वनेका आम मानव जातिहरु अन्तत आफनो सहजताका लागी गरिने जस्तो सुकै कर्ममा पनि अनुकुलता रोज्न पुग्छन्, त्यहीवाट शुरु हुन्छ राजनिती । त्यो राजनिती समाज र देशका लागी नभै व्यक्तिगत लाभहानीमा केन्द्रित वन्दछ । स्वार्थभन्दा वाहिर गएर गरिने कर्म र सोच भनेको अल्पकालिन वनिदिन्छ । अहिलेको अवस्थाको चित्रण यति हो । यो भन्दा पृथक हुन सक्दैन ।

    जव विचार मर्दछ, स्वार्थताले मानव जीवन ग्रसित वन्दछ । अनि जुन कर्मलाई पनि राजनितीको लेपन लगाईन्छ । नेतृत्वका लागी विचार र दृष्टिकोण हैन, आर्थिक औकात गएर हेर्ने गरिन्छ । वाहुवलीको दवदवाले शासन र शक्ति आर्जन गरिन्छ भन्ने सोचले गाडेको मनसपटलमा विचार, निती र सिद्धान्त विलिन भएको छ । त्यहि पेरिफेरीमा घुमेको राजनिती विचार र सिद्धान्तको मिलनमा गठजोड हैन । जसरी पनि जित्ने र कमाउनेहरुको दवदवामा गठवन्धन साधन वनिदिन्छ ।

    परिवर्तनका नारा, समावेशीता, अल्पसंख्यक, समानता र समाजवाद विचार र दृष्टिकोणका सुचक हुन् । त्यसैका आधारमा अगाडी वढेको नोपलका राजनिती अन्तत्वगोत्वा परिवारवाद, धनवाद, डनवाद र अवसरवादमा स्वखलित वन्न पुगेको छ । दृष्टिकोणमा असमानताको पहाड हुदाँ हुदै पनि गरिने साँठगाँठ यसैका उपज हुन । पार्टी देखाउने दाँत वनेको छ । पार्टीको घोषणापत्र, कार्ययोजना, विचार र दृष्टिकोण शक्ति र सत्ताका अगाडी लाचार सावित वनेको छ । त्यसैको मतियार हामी वनेका छौ । अहिलको राजनैतिक पटाक्षेप यहि हो । पार्टीको सिद्धान्त र विचार दृष्टिकोण देश र जनताका लागी हैन, व्यक्ति केन्द्रित वनेका छन् । जोडको पनि आफनै परिभाषा छन् तर त्यसको पनि अवमुल्यनमा अभ्यस्त वनेका छन् ।

    अवसरवादको चर्को दवदवा रहेको नेपालको राजनिती पार्टी र नेतृत्वको विचार र दर्शनमा धमिरा लागेको छ । अनुकुलताका लागी विगतमा जस्तो सुकै भुमिका भएता पनि जित्ने र जिताउने नाममा गरिने कर्महरु देश र जनताका लागी अभिशाप हुन् । जुन अभिशा प्राप्तीका लागी आम मानव जातिहरु जीवनका यथार्थता वाहिर गएर तछाड मछाड गरिहेका छन् ।

    अव्वलताका लागी प्रतिपर्धा, विचार र दृष्टिकोणका लागी प्रतिष्पर्धा, समाज परिवर्तनतका लागी प्रतिष्पर्धा जीवनका मुख्य कार्यभार हुन् । सामुहिकताका लागी राजनिती यसका सुन्दर पक्ष हुन् । जव विचारशुन्य हुन्छन् । विचार र दर्शन छाँयामा पर्दछ । शक्ति उन्माद व्यवहार लोकतन्त्रका लागी सह्यै हुन सक्दैन । तर पनि यहि कुचक्रमा फसेको नेपालका राजनितीले अन्तत्वगत्व त्यो भन्दा पृथक हुन सकेन ।

    गठवन्धन भनेको समान्य भाषामा लुटेर मिलिजुली खाने मेसो हो । लोकतन्त्रमा विचार, योग्यता र क्षमताले प्रशय पाउनु पर्ने हो र लोकतन्त्रमा विचारको प्रतिपष्र्धा नैे सुन्दर पक्ष हो । स्वार्थलाई वाहिर राख्ने हिम्मत नहुनेहरुले गठवन्धनका नाममा देश नै लुटिरहे, हामी मतियार वनिरह्यौ । देशमा देखिएको अहिलेको वेथिती यसैको घोतक हो । जुन घोतक पक्षको पक्षपोषण गर्न हामी लालयित वनिरहेका छौ । शक्ति र सत्ताका लागी जीवन र समाजको न्युनतम मान्यता समेत छाँयामा पर्दो रहेछ । जुन विभिन्न तन्त्रका नाममा पटाक्षेप हुदै आईरहेका छन् ।