दमाैली । तनहुँको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलको पाँच महिना नपुग्दै सरुवा भएको छ । उनको मुख्यमन्त्री कार्यालय पोखरामा सरुवा भएको हो ।
गत फागुन २२ गते भानुको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका पौडेलको छोटो अवधिमै सरुवा भएको हो ।
अधिकृत हुँदा ऋषिङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका पौडेल उपसचिवमा बढुवा भएपछि भानुमा आएका थिए ।
भानुमा सुमन अधिकारी प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा आउने भएका छन् ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारी पनि दश महिनामै भानुबाट सरुवा भएका थिए ।