बन्दीपुर हलथुम्कामा घाटुभोज हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुर हलथुम्कामा घाटुभोज हुने

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८०, बुधबार

    दमौली । बन्दीपुर गाउँपालिका-२ हलथुम्कामा घाटु भोज कार्यक्रम हुने भएको छ । जनतारा युवा क्लव र खड्कमाई आमा समूहको आयोजनामा जेठ ५ र ६ गते घाटु भोज गर्न लागिएको हो ।

    चार वर्षपछि उक्त ठाउँमा घाटु भोज गर्न लागिएको क्लवका अध्यक्ष आशलाल गुरुङले जानकारी दिए । संस्कृति जोगाउने उद्धेश्यका साथ यो कार्यक्रम गरिने उनले बताए ।

    ‘उक्त दिन जताततैबाट चुट्का नचाउन आउनुहुन्छ, सबै गाउँलेसँग नाचगान हुन्छ,’ उनले भने, ‘सबैसँग भेटघाट पनि हुने अवसर हो ।’