टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८१, बुधबार

    काठमाडौ । आइसिसी टी-२० विश्वकप २०२४ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा गरिएको छ।

    टोलीमा सागर ढकाल र कमलसिंह ऐरीले स्थान बनाएका छन्। यसअघि भारत भ्रमणमा गएका आकास चन्द र विवेक यादव बाहिरिएका छन्। 

    नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप  जोरा ब्याटरको रुपमा छन्।

    दीपेन्द्रसिंह  ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्। स्पिनरको रुपमा सागर ढकाल र ललित राजवंशी रहेका छन्।

    नेपाली टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी। 

    टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। 

    नेपालका खेल 
    नेदरल्यान्डसविरूद्ध – जुन ४- अमेरिका, डालास
    श्रीलंकाविरूद्ध – जुन ११ – अमेरिका, फ्लोरिडा
    दक्षिण अफ्रिकाविरूद्ध – जुन १४ – सेन्ट भिसेन्ट
    बंगलादेशविरूद्ध – जुन १६- सेन्ट भिसेन्ट