चितवनको गोलाघाटस्थित नारायणीको टापुमा भेटियो अर्को शव,पहिचान हुन बाँकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनको गोलाघाटस्थित नारायणीको टापुमा भेटियो अर्को शव,पहिचान हुन बाँकी

    खबरपुञ्ज संवाददाता

    ३० असार २०८१, आईतवार

    चितवन । चितवनको भरतपुर महानगरपालिका –२८ गोलाघाट नजिकै एउटा शव भेटिएको छ। नारायणी नदीको टापुमा एउटा शव भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । शब सिमलताल दुर्घटनामा बेपत्ता भएकाको हुनसक्ने अनुमान गरिएको उनले बताए । अहिले सो ठाउँमा प्रहरीटोली पुगिसकेको छ ।

    शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइवटा बसहरु त्रिशूली नदीमा खसेपछि तीन जना यात्रु पौडिएर निस्किएका थिए अरु सबै बेपत्ता भएका थिए ।