चितवनमा अति भारी वर्षा, पछिल्लो चौबिस घन्टामा कहाँ कति पर्‍यो पानी?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनमा अति भारी वर्षा, पछिल्लो चौबिस घन्टामा कहाँ कति पर्‍यो पानी?

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०८१, शुक्रबार

    काठमाडौ । चितवनमा अति भारी वर्षा मापन भएको छ । पछिल्लो चौबिस घन्टामा चितवनको गोविन्दवस्तीमा २१८ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    पाल्पाको बल्ड्याङगढीमा पनि पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा मापन भएको छ। त्यहाँ २४ घन्टामा १२८.६ मिलिमिटर पानी परेको छ।

    सिन्धुपाल्चोकमा पनि धेरै भारी वर्षा भएको छ। सिन्धुपाल्चोकको ढुंगेमा पछिल्लो चौबिस घन्टामा ११४ र गोब्रेमा १११ मिलिमिटर वर्षा भएको छ।

    त्यसबाहेक थुप्रै स्थानमा भारी वर्षा मापन भएको छ।

    rain-friday-1721352249.PNG
    पछिल्लो चौबिस घन्टामा खोटाङको रबुवाबजारमा ७७.४ मिलिमिटर, सोलुखुम्बुको पेकरनासमा ५७.४ मिलिमिटर, दोलखाको लामाबगरमा ९३ मिलिमिटर, चितवनको शक्तिखोरमा ९४.२ मिलमिटर, लमजुङको कुन्चामा ९१.२ मिलिमिटर, बेशिसहरमा ८९ मिलिमिटर, कास्कीको सिकलेसमा ४० मिलिमिटर, काठमाडौंको सुन्दरीजलमा ४१.६ मिलिमिटर, भक्तपुरको तथलीमा ५४.८ मिलिमिटर वर्षा मापन भएको छ।  

    मौसमको भाषामा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने अति भारी वर्षा भनिन्छ।

    शुक्रबार दिउँसो पनि बागमती ,गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा र राति कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना छ।