दसैंका दिन पानी पर्ने सम्भावना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दसैंका दिन पानी पर्ने सम्भावना

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०८१, सोमबार

    काठमाडौ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँकै दिन पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

    विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ ।

    महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन् ।