अख्तियारद्वारा क्यानका महानिर्देशक र पूर्व महानिर्देशक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अख्तियारद्वारा क्यानका महानिर्देशक र पूर्व महानिर्देशक पक्राउ

    खबरपुञ्ज संवाददाता

    १७ मंसिर २०८२, बुधबार

    काठमाडौँ, १७ मङ्सिर । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको आयोग उच्च स्रोतले जानकारी दिएको छ । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।

    भक्तपुरको नलिन्चोक हेलिकप्टर भ्रष्टाचार काण्डको मुद्दा दायर गर्ने तयारी भइरहँदा उनीहरूलाई नियन्त्रणमा लिइएको स्रोतको भनाई छ।