बन्दीपुरमा बजार अनुगमन : फेन्सी पसलमा दुईथरी खरिद बिल, किराना पसलमा मुसा मार्ने विष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा बजार अनुगमन : फेन्सी पसलमा दुईथरी खरिद बिल, किराना पसलमा मुसा मार्ने विष

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०७७, मंगलवार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले बजार क्षेत्रमा सञ्चालित पसलहरुको अनुगमन शुरु गरेको छ । नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै गाउँपालिकाले बजार अनुगमन शुरु गरेको हो ।

    फेन्सी, किराना, औषधि, मिठाई लगायतका पसलको अनुगमन गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । अनुगमनका क्रममा एक फेन्सी पसलले खरिद बिल दुई थरी बनाएको फेला परेको छ । विक्रीमा २० प्रतिशत भन्दा बढी नाफा लिन नपाइने भएपनि उक्त फेन्सी पसलले ५० प्रतिशत थप गरी मूल्य कायम गरेको भेटिएको गाउँपालिकाले जनाएको छ ।

    त्यस्तै अर्को एक फेन्सी पसलले व्यक्तिपिच्छै एउटै सामानको फरक फरक मूल्य लिने गरेको भटिएको छ । रु २ हजार ५ सय ५० मूल्य कायम गरिएको कपडा एक व्यक्तिलाई रु एक हजार चार सय र अर्का व्यक्तिलाई रु एक हजार सात सयमा विक्री गरेको अनुगमनबाट फेला परेको छ ।

    एक मिठाई पसलले अखाद्य तेल प्रयोग गरेको भेटिएपछि उक्त तेल नष्ट गरिएको छ भने सोही पसलबाट म्याद सकिएका केही खाद्य पदार्थ नष्ट गरिएको छ । एक किराना पसलमा भने मुसा मार्ने विष विक्री गर्न राखेको भेटिएको छ । गाउँपालिकाले उक्त पसलका सञ्चालकलाई मुसा मार्ने विष विक्री नगर्न सचेत गराएकाे छ ।