घर जलेका पीडितलाई राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    घर जलेका पीडितलाई राहत

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०७७, सोमबार

    तनहुँ : घर जलेका तनहुँको देवघाट गाउँपालिका–३ नाल्वुङका पदम गुरुङलाई राहत वितरण गरिएको छ । गत माघ २६ गते घर नष्ट भएका गुरुङलाई आइतबार रु २९ हजार ४२ वितरण गरिएको हो ।

    गुरुङलाई काठमाडौं र हाल जापानमा रहनुभएका खुशी दाहाल र समीर दाहाल(कृष्ण)ले रु २० हजार ४२, हाल दक्षिण कोरिया रहनुभएका दिपेन्द्र गिरीले रु ५ हजार, साउदी अरबबाट दिल थापाले रु २ हजार पाँच सय, पोखराबाट हिरा थापाले रु एक हजार पाँच सय सहयोग गर्नुभएको छ । उक्त रकम गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले हस्तान्तरण गर्नुभयो ।

    बेलुकीको खाना बसालेर नजिकै बाख्रा गोठमा बाख्राहरुलाई घास दिएर फर्कदै गर्दा एक्कासी लागेको आगलागीले घर पूर्ण रुपमा नष्ट भएको थियो ।