गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट तीनको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट तीनको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०७७, सोमबार

    पाेखरा : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले सोमबार जारी गरेको विवरण अनुसार नवलपुरको दुई र कास्कीको एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

    नवलपुरको गैडाकोट–५ का ७३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको कात्तिक ९ गते चितवन मेडिकल कलेजमा निधन भएको छ । उहाँमा कात्तिक ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    नवलपुरको कावासोती–२ का ७७ वर्षीय पुरुषको कात्तिक १० गते बिहान मध्यविन्दु अस्पतालमा निधन भएको छ । उहाँमा कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कास्कीको पोखरा–१५ का ७८ वर्षीय महिलाको कात्तिक ९ गते राति चरक मेमारियल अस्पतालमा मृत्यु भएको हो । उहाँमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ ।