तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको कात्तिक १९ गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार मङ्सिर ३ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीका अनुसार उक्त दिन नगरपालिकाको कार्यालय, वडा कार्यालय, सबै सामुदायिक विद्यालयहरु बन्द रहनेछन् ।