दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ निवासी युट्युवर अनिल सुनारले आँबुखैरेनी गाउँपालिकाको शिक्षा सुधारका लागि रु ३० हजार सहयोग गरेका छन् । सुनारले युट्युव च्यानलमा पाँच लाख सब्सक्राइबर पुगेको खुसीमा बुधबार पालिकाको शिक्षा सुधारका लागि उक्त रकम सहयोग गरेका हुन् ।
सुनारले गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई बुधबार उक्त रकम हस्तान्तरण गरेका छन् । गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधार कार्यक्रमलाई थप टेवा पु¥याउन सुनारले गरेको सहयोगप्रति चुमानले आभार व्यक्त गरे ।
पालिकाले सुरु गरेको अभियानमा हालसम्म रु १३ लाख भन्दा बढी सहयोग जुटिसकेको छ ।