पोखरा : गण्डकी प्रदेशमा आइतबार ५२ कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा २७ र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा २५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयलं सार्वजनिक गरेको विवरण अनुसार कास्कीमा आठ, स्याङ्जामा पॉच, तनहुँमा १६, लमजुङमा एक, गोरखामा तीन र नवलपुरमा २० जना सङ्क्रमित थपिएका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५६८५ पुगेको छ ।