ऋषिङका ३ वडामा अधिवेशन, वडा नम्बर ५ को अध्यक्षमा जंगबहादुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङका ३ वडामा अधिवेशन, वडा नम्बर ५ को अध्यक्षमा जंगबहादुर

    खबरपुञ्ज संवाददाता

    ५ कार्तिक २०७८, शनिबार

    दुलेगौँडा : नेकपा एमालेको वडा अधिवेशन अन्तर्गत जिल्लाको ऋषिङ गाउँपालिकाको ३ वडामा शनिबार सम्पन्न भएको छ । ८ वडामध्ये शनिबार ३ वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले जिल्ला कमिटि सचिवालय सदस्य हरिराज कँडेलले जानकारी दिए ।


    उनका अनुसार वडा नम्बर १ मा दिपक रानाको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन भएको छ ।


    वडा नम्बर ५ मा जंगबहादुर पाटाको अध्यक्षतामा २५ सदस्यीय कमिटि गठन गरिएको छ भने उपाध्यक्षमा श्रीराज गिरी, सचिवमा राजेन्द्र नेपाली, उपसचिवमा भिमशंकर ढकाल र माया लम्साल चुनिए । पालिका अधिवेशनका लागि यो वडाबाट १९ जना प्रतिनिधी चयन भएका छन् ।


    वडा नम्बर ८ मा शिव क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटि अधिवेशनले चयन गरेको जनाईएको छ । वडा नम्बर २,४,६ र ७ मा आईतबार सर्वसम्मत नेतृत्व चयन गर्ने कँडेलले बताए । वडा नम्बर ३ मा भने सोमबार अधिवेशन हुनेछ ।

    देशभर ९ कात्तिकमा हुने भनेको पालिका अधिवेशन ऋषिङमा ११ गतेलाई तय भएको छ । पालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी छ ।