रुघाखोकीमा घरेलु औषधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • स्वास्थ्य

    रुघाखोकीमा घरेलु औषधि

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०७७, मंगलवार

    काठमाडाै । अहिले रुघाखोकी लाग्नसाथ धेरैको मनमा आशंका पैदा हुन्छ, कतै कोरोनाको कारण त होइन । कोरोना भाइरसको संक्रमणपछि देखिने आम लक्षण हो, रुघा, खोकी, ज्वरो । यद्यपि रुघाखोकी अन्य अवस्थामा पनि लाग्न सक्छ । र, सामान्य रुपमै यो निको पनि हुन्छ ।

    रुघाखोकी लागेपछि कतिपय औषधि खोज्नतर्फ लाग्छन् । सामान्य रुघाखोकीमा औषधि आवश्यक हुँदैन । बरु, रुघाखोकीमा पर्याप्त आरम गर्नुपर्छ । पर्याप्त तातो वा मनतातो पानी पिउनुपर्छ । अझ कागती र मह घोलेको पानी पिउदा  आरम मिल्छ । तर, कतिपयलाई यस्ता उपचारले भ्याउँदैन ।

    रुघाखोकीको कारण नाकबाट पानी बग्ने, नाक टालिने, टाउको दुख्ने, जीउ दुख्ने, कफ जमेर सास फेर्न गाह्रो हुने, खानेकुरा खान मन नलाग्ने हुन्छ । यसले हालत खराब बनाउँछ । त्यसैले रुघाखोकीमा केही घरेलु ओखती प्रयोग गर्न सकिन्छ, जो तपाईं÷हाम्रो भान्सामा सहजै उपलब्ध हुन्छ ।

    खासगरी बेसार, अदुवा, मह, तुलसी रुघाखोकीमा निकै उपयोगी हुन्छ । तुलसीको पात पानीमा उमालेर सेवन गर्दा निकै फाइदा गर्छ । यस्तै तातो पानीमा मह घोलेर पिउँदा पनि रुघाखोकी निको हुन्छ । रुघाखोकीको प्राकृतिक उपचार हो, पानीको वाफ लिनु । पानी तताएर त्यसको वाफ लिनुपर्छ, निकै फाइदा गर्छ ।

    बेसार

    रुघाखोकीबाट राहत पाउनको लागि १ गिलास तातो दुधमा १ चम्चा बेसार मिसाएर पिउनुपर्छ । यसको साथै सुकेको हलेदोलाई पोलेर त्यसको धुँवा सुँघेमा पनि रुखाखोकी ठिक हुन्छ ।

    तुलसी

    तुलसी रुघाखोकीको लागि कुनै औषधिभन्दा कम छैन । तुलसीको चार पाँच पत्ता तुलसी चपाउनाले घाँटीको खसखर र खोकीबाट राहत मिल्छ । यसलाई चिया वा तातोपानीमा उमालेर पनि पिउन सकिन्छ ।

    अदुवा

    अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी निको हुन्छ । रुघाखोकीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दूध वा चियामा अदुवा उमालेर पिउनुपर्छ ।

    अलैंची

    अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठिक गर्छ ।

    हर्बल चिया

    टाउको दुख्ने, खोकी, ज्वरो, रुघा जस्ता समस्या देखिएमा हर्बल चिया पिउनुपर्छ । यसले शरीरलाई गरम राख्छ र रोगबाट बचाँउछ ।

    एजेन्सीकाे सहयाेगमा