इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई आँबुखैरेनीकाे प्रोत्साहन रकम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई आँबुखैरेनीकाे प्रोत्साहन रकम

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०८०, आईतवार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई प्रोत्साहन रकम प्रदान गरेको छ । गाउँपालिकाले वडा नम्बर ३ स्थित भदौरे टोल निवासी विकास परियारलाई इन्जिनियरिङ पढ्न प्रोत्साहन स्वरुप रु ५० हजार सहयोग गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उक्त रकमको चेक आज परियारलाई हस्तान्तरण गरेका छन् । गाउँपालिकाको नीति तथा कार्यक्रम बमोजिम जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रोत्साहन स्वरुप परियारलाई सहयोग गरिएको चुमानले बताए। निज परियार थापाथली क्याम्पसमा सिभिल इन्जिनियरिङ अध्ययनरत छन् ।

    अध्यक्ष चुमानले भने, “प्राविधिक विषय अध्ययन गर्ने छात्रछात्रालाई अध्ययनमा प्रोत्साहन दिन यो कार्यक्रम ल्याइएको हो ।”